३० आश्विन २०८३, शुक्रबार

मनपरी कोठाभाडा, छाडा घरबेटी, छैन मानवीयता

3.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मानिसहरू बिभिन्न काम विशेषले आफ्नो घर छोडेर देशका बिभिन्न शहर र जिल्ला सदरमुकामहरूमा बस्नु पर्ने बाध्यता रहेको छ्र । कोही मानिसहरू अध्ययनको सिलसिलामा आफ्नो प्यारो घर छोड्न बाध्य छन् भने कोही रोजागारीको सिलसिलामा आफ्नो जन्म स्थान छोडेर अन्य शहरमा जानुपर्ने बाध्यता छ ।

घर छोड्नु थोरैको रहर होला तर अधिकाँशको बाध्यता नैं हो । तर यहि मौकाको फाइदा उठाउँदै कतिपय घरधनीले भाडामा बस्नेहरूमाथि अत्याचार, दमन, शोषण र गैरमानवीय व्यवहारसमेत गर्ने गरेको बिभिन्न समयमा देशका बिभिन्न स्थानमा भेट भएका भाडावालाहरूले गुनासो गर्ने गरेका छन् ।

देशको प्रमुख शहर काठमाडौं र उपत्यकाका तीन जिल्लाहरू काठमाडौं, भक्तपुर र ललितपुरका भाडावालाहरूको प्रमुख समस्या के रहेको छ भने उनीहरू घरभेटीले जथाभाबि रूपमा तोकेको कोठा, वा फ्ल्याट भाडाबाट निकै आक्रान्त र पीडित बन्ने गरेका छन् । भाडा निर्धारण गर्नका लागि कोठा वा फ्ल्याको मापदण्ड के हो कसैलाई पनि थाहा छैन । जथाभाबि घरभाडा तिर्नुपर्दा भाडामा बस्नेहरू उत्तिकै आर्थिक भार र शोषणमा पर्ने गरेका छन् ।

शहरका केही घरभेटीहरू यस्ता पनि भेटिएका छन् कि उनीहरू घरको फ्ल्याट भाडामा लगाउँछन् र महिना मरेपछि बिल ल्याएर कोठाको ढोकामा तेस्र्याउँछन् । तर उनीहरू धाराको पानी तान्ने मेसिन, कम्पाउण्डको बत्ति आदि लगायतका बिल भाडामा बस्नेहरूको मिटरमा जडान गरी भाडावालसँग आनवश्यक रुपमा पैसा असुल गरिरहेका छन् । उनीहरूका बिरूद्ध केही बोले घरभेटीको सिधै कोठा छाड्न आदेश आउँछ । कतिपय भाडामा बस्नेहरू डेरा सरिरहनु पर्ने झण्झटबाट मुक्ति पाउनका लागि घरभेटीले जे भन्यो त्यो सरासर आज्ञा शिरोपार गर्ने गरेको पाईएको छ ।

घर धनीहरूपनि जति शिर्षक र उपशिर्षकमा भाडा लिए पनि अझै यो वा त्यो बहानामा भाडा असुल्न छोड्दैनन् । देशका प्रमुख शहरमा अधिकाँश यस्ता घरधनीहरूको बाहुल्यता रहको छ कि उनीहरूको घरमा भाडा तिरेर बस्नेहरू कहिँपनि आश्रय नपाएर त्यस घरमा शरण माग्न आएका जोगी शरहका मानिस हुन् ।अधिकाँश घरधनीहरूको व्यवहारबाट यो झल्किन्छ कि उनीहरूको घरमा डेरा गरी बस्नेहरू अन्यत्र कहिँ पनि बस्ने स्थान नपाएर त्यहाँ आईपुगेका हुन् । ती घरभेटीले बस्न नदिए उसको बास सडकमैं हुन्छ जस्तै, शहरका अधिकाँश घरभेटीहरू घर भाडा मनलग्दी रूपमा बढाउन कुनै आइतबार पर्खिदैनन् ।

राजधानीका धेरै घरभेटीहरूको यस्तो गलत प्रबृत्ति छ कि कुनै पनि मानिस उसको घरमा एक महिना मात्रै बसेर डेरा सरिहाल्यो भने पनि ती घरभेटी अर्को मानिस भाडामा बस्न आउनासाथ केही रकम बढाएर मात्रै घर बहालमा लगाउने गर्दछन् । राजधानी बाहेकका केही जिल्ला सदरमुकामहरूमा भाडामा बस्नेहरूलाई खाट, टेबुल, लगायतका सामाग्री घरधनीले नैं उपलव्ध गराउने प्रचलन पनि देखिएको छ । कतिपय स्थानमा घरधनीले नैं भाडामा बस्नेहरूलाई निःशुल्क खाने पानी र बत्तीसमेत उपलव्ध गराउने गरेका छन् ।

यतिबेला देशका सवै स्थानका घरधनीले भाडामा बस्नेहरूलाई समान व्यवहार गर्नुपर्ने माग उठेको छ भने यसको अभिभावकत्व राष्ट्रले नैं निर्वाह गर्नुपर्ने देखिन्छ । घर भाडामा एकरूपता ल्याउनका लागि सरकारले तत्काल नीति बनाउनुपर्ने देखिन्छ । नेपाल अहिले यस्तो देश बनेको छ कि यो सवै समूह, दल र संगठनको प्रयोगशाला मात्र बनिरहेको छ । हरेक प्रकारका काम यहाँ खुलम खुला रूपमा भैरहेका छन् तर त्यसको अनुगमन गर्ने निकाय पनि नभएको होइन तर यो निदाएर बसेको भान हुन्छ ।

सरकारी निकाय देखेर पनि नदेखेझैं गरी टोलाएर बेसेको छ । जव अहिले सानो भनि हेला गरिएको र बेवास्ता गरिएका बिषयले भोलि बिकराल रूप लिन्छ र त्यो भयानक दुर्घटनामा परिणत हुन्छ तव मात्र सरकार व्युझिएको भान गर्छ । घर भाडा जस्तो गम्भिर विषयमा सरकार यत्ति साह्रै गैर जिम्बेवार भएर बस्नु हुदैन । यो समस्या समाधान गर्नका लागि सरकारले चाँडो भन्दा चाँडो कदम चालिहाल्नुपर्ने आवश्कता छ ।

शहरका केही घरभेटीहरू यस्ता पनि भेटिएका छन् कि उनीहरू घरको फ्ल्याट भाडामा लगाउँछन् र महिना मरेपछि बिल ल्याएर कोठाको ढोकामा तेस्र्याउँछन् । तर उनीहरू धाराको पानी तान्ने मेसिन, कम्पाउण्डको बत्ति आदि लगायतका बिल भाडामा बस्नेहरूको मिटरमा जडान गरी भाडावालसँग आनवश्यक रुपमा पैसा असुल गरिरहेका छन् । उनीहरूका बिरूद्ध केही बोले घरभेटीको सिधै कोठा छाड्न आदेश आउँछ । कतिपय भाडामा बस्नेहरू डेरा सरिरहनु पर्ने झण्झटबाट मुक्ति पाउनका लागि घरभेटीले जे भन्यो त्यो सरासर आज्ञा शिरोपार गर्ने गरेको पाईएको छ ।

घर भाडामा लिएर कार्यालय सञ्चाल गर्नेहरूका पनि कम्तिका पीडाका कथा छैनन् । यो स्तम्भकार संगको भेटमा काठमाडौंको न्युरोडमा सहकारी सञ्चालन गर्ने एक कार्यकारी अधिकृतले भनेका छन् कि ती घरभेटीले प्रत्येक छ महिनामा भाडा बढाउने गरेका छन् । भाडा बढाउने उनको कुरामा असहमती जनाउने बित्तिक्कै उनी निस्किएर अन्तै जाउ भन्ने ठाडो र गैरजिम्मेवार आदेश दिने गरेका छन् । केही कार्यालयहरूले घरभेटीसँग अग्रिम रूपमा कागजी सम्झौता गरेका कारण उनीहरूलाई राहत हुने गरेको भएतापनि सानातिना कार्यालय, वा पसल सञ्चालन गर्नेहरूलाई घरभेटीले मानिसहरूको भिड भएको, फोहोर भएको, समयमा बहाल नतिरेको भन्दै घरबाट निकाल्ने प्रयासहरू पनि गर्ने गरेका छन् ।

कुनै व्यक्ति, परिवार वा संस्थाले कसैको घरमा बसेबापत घरभेटीहरुले कति कति वर्षमा वा कति महिनामा भाडा बढाउनु पर्ने हो त्यसको बारेमा न त घरभेटीहरुलाई ज्ञान छ न त भाडामा बस्नेलाई नैं । घरभेटीहरुको अराजकता, रुखो व्यवहार अनि भाडामा बस्नेहरुलाई कपिया घरभेटीहरुले नोकरका रुपमा कामसमेत लगाउने गरेको शहरका बिभिन्न स्थामा देखिने गरेको छ । कतिपय पीडित भाडावालहरु त पत्रकारहरुले आफुहरुको समस्या नैं उजागर नगरिदिएको भनेर चिन्ता व्यक्तसमते गर्ने गरेका छन् ।

कस्तो सेवा सुविधा भएको घरमाको कति भाडा, कति स्क्वायर फिटको फ्ल्याट र कति स्क्वायर फिटको कोठाको कति भाडा निर्धारण गर्नु पर्ने हो त्यसका बारेमा केही नीति नहुँदा घरभेटीहरुको मनोमानी बढ्दै गएको पाइन्छ ।

अव सरकारले यी र यस्ता बिकृतीहरू अन्त्य गर्नका लागि घरको मादण्ड तोकेर के कति सुविधा भएको घरमा कति वर्ग फिट अनुसार कति भाडा तोक्ने हो त्यो कार्य तत्कालै गर्नुपर्छ । नत्र भने यहाँ घरभेटीले भाडामा बस्नेहरूसँग अराजकता र भाडामा बस्नेहरूले घरभेटीमाथि बेला बेलामा गर्ने गरेको भनाभना, बाजाबाज र आँखा तरातर अझै मौलाउने खतरा छ ।

यहाँ घरभेटीहरुको नैं बढी दोष देखिन्छ । भाडामा बस्नेहरुसँग उनीहरुले निरंकुश व्यवहार गर्नुहुँदैन । उसले बुझ्न जरुरी छ कि भाडामा बसेको मानिसले तिरेको रकमले नैं गर्दा नैं उसको गर्जो टरेको छ । प्रत्येक ६, ६ महिनामा घरभाडा बृद्धि गर्नकै लागि बसिरहेको मानिसलाई अनेक बहना बनाएर घरबाट निकाल्ने वा निस्किन बाध्य बनाउने कार्य कुनै पनि घरभेटी गर्नुहुँदैन ।

यो स्तम्भकारलाई पनि विगत ५ वर्षदेखि बस्दै आएको भक्तपुरको गट्ठाघरका एक तराई मूलका घरभेटीले त्यस्तै व्वयबहार गरेका छन् । आफुलाई ललितपुर जिल्लाको महानगरपालिका कार्यालयमा ईन्जिनियर भएको बताउने उनले यस स्तम्भकारलाई दुई वर्ष अघि घर भाडा बढाउने निहूमा फ्ल्याट आफैंलाई चाहिने भयो अन्तै सर्नु भनेर पहिले भनेका थिए तर पछि भाडा कति बढाउने हो ? बरु भन्नुहोस् भनेपछि एकैपटक दुईहजार रुपैयाँ बढाएपछि उनलाई त्यो फ्ल्याट आफ्नो् प्रयोजनका लागि नचाहिने भयो । हाल स्तम्भकार सोही घरमा बसिरहेको छ । थाहा छैन, यो लेख प्रकाशित भइसकेपछि स्तम्भकारले घरभेटीबाट कस्तो खप्की सहनुपर्नेहो ?

अखिर आफ्नो घरको कोठा वा फ्ल्याट भाडामा लगाउनैं पर्ने भएपछि २, ४ पैसाको लोभमा किन इमान्दार मानिसलाई डेरा सर्न बाध्य बनाउने ? यो प्रश्न पनि घरभेटीहरूले बुझिहरनु पर्छ । सबै घरभेटीहरू मात्रै दोषि र भाडामा बस्ने चाहिँ सबै सर्वगुण सम्पन्न हुन्छन् भन्न खोजिएको पटक्कै होइन । भाडामा बस्ने कोही यस्ता पनि हुन्छन् जो अत्यधिक हल्ला गर्ने, मदिरा खाएर जथाभावी फोहोर गर्ने, समयमा भाडा नतिर्ने, भाडा तिर्ने बेलामा आफ्ना झोली झ्याम्टा बोकेर सुइकुच्चा ठोक्ने आदि प्रबृत्तिका भाडावाल पनि कहिँ कतै भेटिन्छन् ।
त्यसैले अधिकाँश घरभेटीहरूले भाडामा बस्नेहरूलाई सम्मान गर्ने, पैसाको लागि मात्र व्यवहार राम्रो गर्ने, २,४ दिन भाडा तिर्न ढिला हुँदा बोलचाल र बानीव्यहोरामै आकाश जमिनको फरकपना देखाउने गर्नु राम्रो हुँदैन । आखिर एउटै घरमा बसेपछि सवैजना एकै घरको मानिस झैं मिलेर बस्ने वातावरणको सिर्जना गर्नुपर्दछ । एउटै घरमा बस्दा कहिले काहिँ गाहे, साँगुरो, ढिलो, चाँडो पक्कै हुन्छ यस्ता कुरालाई समान्य ठान्दै घरभेटी र डेरावाल मिलेर बसेकै जाती हुन्छ ।

२०७२ सालको शक्तिशाली महाभूकम्पमा परी तपाईँ जस्ता लाखौं घरभेटीका पक्की घर उत्तानो परे, भत्किए । करिव एक हजार नेपाली आमाका छोराछोरीले अकालमा ज्यान गुमाए । सोच्नुहोस् त, यदि त्यहि भूकम्पमा परी तपाईको घर केही भएको भए के आज तिनै भाडावालसँग पौठेजोरी खेलेर मनलाग्दी रकम असुल्न सक्नुहुन्थ्यो ? तीनै मृत्युबरण गर्ने हजार नेपालीमध्ये तपाई या भाडावाल भएको भए के यो घरमा आज यसैगरीसँगै बस्न पाइन्थ्यो र ? त्यसैले सोचौँ यो नाफाको जिन्दगी हो । आज हो कि भोलि कसलाई के थाहा ? धन भन्दा पनि मन मिलेकै बेश । एउटै घरमा बसेपछि को घरभेटी को डेरावाल ? एउटै भाषा एउटै भेष । यस्तै हजारौँ घरहरू मिलेर नैं त बन्ने हो देश । त्यसैले आपसमा भेदभाव होइन सत्भाव कायम गरी एउटै घरमा मिलेर बसौँन  हुन्न ?