लण्डन, १० कात्तिक । पेनाल्टी गोलको मद्दतमा रियल मड्रिड कोपा डेल रे को खेलमा विजयी भएको छ ।
फिफा बेस्ट घोषित प्रशिक्षक जिनेदिन जिदानले फिफा बेस्ट प्लेअर रोनाल्डो सहित पहिलो रोजाईका खेलाडीलाई आराम दिएको खेलमा रियलले जित हासिल गर्न पेनाल्टीको सहारा लिनुपरेको हो ।
बिहीबार राति भएको खेलमा रियलले फुएनलाब्राडालाई २–० ले हराएको हो । दुवै टोलीका एक(एक खेलाडीले रातो कार्ड पाएपछि दश खेलाडीमा रहेर खेल अन्त्य गरेका थिए ।
रियलको जितमा मार्को असेनसिओले ६३औँ तथा लुकास भजक्वेजले ८०औँ मिनेटमा पेनाल्टीबाट गोल गरे ।
फुएनलाब्राडाका पाको कान्डेला ८०औँ मिनेटमै दोहोरो पहेँको कार्ड खादै मैदान बिहरिए भने रियलका जेसस भालेजोले ८९औँ मिनेटमा सिधै रातो कार्ड पाएका थिए ।
कोपा डेल रे अन्तर्गत अन्तिम ३२ कै अन्य खेलमा लसपलमसले डेपोर्टिभा ला कुरानालाई ४–१ तथा लेभान्टेले गिरोनालाई २–० ले हराएको छ । – एजेन्सी















प्रतिक्रिया