३ कार्तिक २०८३, मंगलबार

नायिका अनुष्काले बिहे गर्ने

3.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्माको दुवैका ‘डाइहार्ड’ फ्यानका लागि दुःखको खबर छ । केही वर्षदेखि रोमान्स गरिरहेको यो जोडी चाँडै लगनगाँठो कस्दैछ ।

सञ्चारमाध्यममा आएका समाचारलाई आधार मान्ने हो भने उनीहरू आगामी डिसेम्बरमा लगनगाँठो कस्दैछन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार गत सोमबार मात्र श्रीलंकासँग हुने पहिलो दुई दिवसीय टेस्ट क्रिकेटका लागि कप्तान बनाइएका विराटले ‘व्यक्तिगत कामका लागि’ भन्दै भारतीय क्रिकेटको सर्वोच्च संस्था बिसिसिआईलाई डिसेम्बरमा एक महिना विदा दिन आग्रह गरेका छन् ।

श्रीलंकामा डिसेम्बर महिनामा हुन लागेको टेष्ट क्रिकेटबाट छुट्टी लिन उनले भारतीय क्रिकेट बोर्डसमक्ष आग्रह गरेका हुन् ।

‘विराट श्रीलंकामा टेष्ट क्रिकेट खेल्न चाहँदैनन् । त्यसकारण उनले बिसिसिआईसँग छुट्टी मागिरहेका छन् । क्रिकेट भनेपछि हुरुक्कै हुने विराट आफैं कसरी क्रिकेट खेल्नबाट छुट्कारा पाउन छुट्टी मागिरहेका छन् । – एजेन्सी