काठमाडौँ, २८ कात्तिक । एसीसी यू–१९ प्रिमियर क्रिकेटमा पहिले व्याटिङ गरेको नेपालले अफगानिस्तानलाई १३५ रनको लक्ष्य प्रस्तुत गरेको छ । ४५ ओभरमा सबै विकेट गुमाएर नेपालले अफगानिस्तानलाई १३५ रनको लक्ष्य प्रस्तुत गरेको हो ।
यस अघि यू–१९ मा पाँच पटक भिडेका यी दुई टीमलाई उपाधीको दावेदारका रुपमा हेरिएको छ ।
यस अघिका खेलमा लगातार जित हात पार्दै आएको नेपालले अफगानिस्तानसँगको पाँच भेटमा तीन पटक हारको स्वाद चखाएको छ । त्यसकारण यो नतिजा पनि नेपालको पक्षमा आउने अनुमान गर्न सकिन्छ ।













प्रतिक्रिया