लण्डन, ९ कात्तिक । प्रिमियर लिग क्लब चेल्सी इएफएल कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । टोटनहम भने दुई गोलको अग्रतलाई कायम राख्न नसक्दा पराजित हुँदै बाहिरिएको हो ।
चेल्सीले घरेलु मैदानमा एभरटनलाई २-१ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो । लण्डन क्बलका लागि एन्टोनिओ रुएडिगर र विलियाले गोल गरे । एभरटनका लागि कलभर्ट लेविनले खेलको अन्त्यतिर एक गोल फर्काए ।
यता पहिलो हाफमा २-० को अग्रता बनाएको टोटनहम दोस्रो हाफमा ३ गोल खाएपछि वेष्टहमसंग ३-२ ले पराजित भएको हो । घरेलु मैदानमा टोटनहमका लागि माउसा सिसोकोले छैटौँ र डेले अलीले ३७औँ मिनेटमा गोल गरेका थिए ।
तर त्यसपछि भने टोटनहमले अग्रता जोगाउन सकेन । उता पहिलो हाफमा दुई गोल खाएको वेष्टहमले दोस्रो हाफमा शानदार पुनरागमन गर्दै १५ मिनेटको अन्तरमा ३ गोल फर्कायो ।
५५औँ र ६०औँ मिनेटमा आन्द्रे आयुले गोल गरेपछि वेष्टहमले खेल २-२ को बराबरी गर्यो । ७०औँ मिनेटमा एन्जेलो ओगोनाले गोल गर्दै वेष्टहमलाई ३-२ को अग्रता दिलाउँदं जित समेत दिलाए । – एजेन्सी















प्रतिक्रिया