लसएञ्जलस । ब्राजिलमा सञ्चालन हुने मिस बमबम प्रतियोगिताको ग्ल्यामर विश्वभर छ । ब्राजिलले प्रत्येक वर्ष आयोजना गर्ने यो प्रतियोगिता गत वर्ष सहभागी सुन्दरीहरूले पुठ्ठालाई आकर्षक बनाउन प्लास्टिक सर्जरी गरे भन्ने समाचार सार्वजनिक भएपछि स्थगित भएको थियो ।
यो वर्ष आगामी नोभेम्बर महिनामा सञ्चालन हुने यो प्रतियोगितामा आयोजकहरूले मेक्सिकोबाट जेनी सुमरलाई आमन्त्रण गरेका छन् । २७ वर्षीया जेनी प्लेब्वाई म्यागजिनको मोडललगायत अमेरिकी फुटबलकी चियर लिडरसमेत हुन् ।
मेक्सिकोबाट प्रकाशित हुने प्लेब्वाई म्यागजिनमा फोटो सुट गरेकी जेनीको खानपिन शाकाहारी थियो । तर यो प्रतियोगितामा सहभागी हुन पुठ्ठा आकर्षक बनाउनुपर्ने भएकाले उनी मांसहारी भएकी छिन् । पुठ्ठालाई आकर्षक देखाउने कसरत दैनिक दुई घण्टा गर्ने जेनीको खानपिनमा अहिले मासुका परिकार अत्यधिक हुन्छन् ।
‘मासु खानुपरे पनि उनलाई कुनै पछुतो भने छैन । यो प्रतियोगितापछि मेरो मोडलिङ करिअर अझ माथि जानेछ’, जेनी भन्छिन् । – एजेन्सी















प्रतिक्रिया