३ कार्तिक २०८३, मंगलबार

नायिका कुवँरको ‘छाईदेउ मनमा’ बोलको गीत सार्वजनिक (भिडियो)

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नायिका जेनी कुवँरको ‘छाईदेउ श्री हजुर मनमा’बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

मंगलबार रिपोर्टर्स क्लब नेपालमा नायिका कुँवरले पत्रकार सम्मेलन गरेर ‘छाईदेउ ए हजुर मनमा’ बोलको गीत सार्वजनिक गरेकी हुन् । पूर्व संस्कृतिमन्त्री दिपकुमार उपाध्यायले उक्त गितको विमोचन गरेका हुन् ।

नायिका जेनी कुवँरको शब्द, संगित तथा स्वर रहेको गीतको भिडियो निर्देशन समन अधिकारीले गरेका छन् भने छायाङ्कन दिपेन्द्र थपलियाले गरेका छन् ।

जेनी कुवँरको अभिनय रहेको गीतको भिडियो लोकेश ब्रजाचार्यले सम्पादन गरेका छन् ।

कार्यक्रममा शास्त्रिय संगीतकार प्रभुराज ढकालले संगीतको मुख्य विन्दु शास्त्रिय संगित भएको बताए।

उनले भने, ‘संगीत एउटा रुख हो, हाम्रो मुलुकमा जतिपनि गीतहरु गाईन्छन्, मिठा त होलान तर नियममा गाईएका छैनन्, संगीतका असली केन्द्र जरा हो, त्यो भनेको शब्दको भाव हो, स्वर त संगीत पछिका कुरा हुन् ।’

त्यस्तै नायिका जेनी कुवँरले जीवनका उषाकालमा अञ्जानमा सत्यलाई स्विकार गर्न नसकिएको स्विकार गरेकी छन् ।

उनले भनिन्, ‘मैले सत्याकृत ब्याण्डमा जोडिएदेखि सत्यको पछि लाग्न थालेकी छु, हिजोका दिनहरुमा गरेका कामहरु, मैले अङ्ग देखाएर अभिनय गरेका भिडियोहरु चल्नकै लागि मात्र गरेकी रहेछु भन्ने लाग्छ, अङ्ग देख्नेले एकचोटी मनको चञ्चलता मेट्नेमात्रै हो, यसले खास रुप र कलाको सन्देश प्रवाह गर्न सक्दैन ।’

हिजोका दिनमा अंग प्रदर्शन गर्नेमान्छे आज आएर म सत्यको पछि लागेकी छु भनिरहँदा गल्ति गरिएछजस्तो लाग्दैन भनेर सोधिएको पत्रकारको प्रश्नको जवाफमा नायिका कुवँरले भनिन्, ‘कला छोपेर देखाउँदा पनि देखिन्छ, अङ्ग प्रदर्शन गर्नु आवश्यक रहेनछ भन्ने लाग्छ ।’
कार्यक्रममा उक्त ब्याण्डले ‘मधुस्मृति’ नामक गीत पनि गाएको थियो ।

त्यस्तै कार्यक्रममा नायिका कुँवर, ढकाल र अधिकारीले सत्याकृत ब्याण्डले पछिल्लो समय राष्ट्र र धर्मप्रति संरक्षण र प्रर्वद्धनको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको र आगामी दिनमा समेत खेल्ने विश्वास दिलाए ।

भिडियो:

https://youtu.be/EW92AGfa_cY