३० आश्विन २०८३, शुक्रबार

टाइसुट लगाएर सिंहदरबारमा मोटरसाईकल चोरी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Simhadarbarकाठमाडौं, २८ कात्तिक । देशको प्रशासनिक मुख्यालय सिंहदरबारभित्र सर्वसाधारणलाई छिर्न निकै गाह्रो पर्छ ।

तर यहाँभित्र चोरलाई भने छिर्न सहज छ । बारम्बार चोरीका घटना हुने सिंहदरबारभित्रबाट हालै एउटा मोटरसाइकल हराएको छ ।

झन्डै महिना दिनअघि परराष्ट्र मन्त्रालय परिसरबाट मोटरसाइकल चोरी भएको समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

परराष्ट्रमा करारमा कार्यरत एक कर्मचारीको बा ६३ प५८४३ नम्बरको पल्सर मोटरसाइकल चोरी भएको हो । सुटटाई लगाएका व्यक्तिले मोटरसाइकल चोरी गरेको सिसिटीभी रेकर्डमा देखिएको छ ।

तर,चोरी गर्ने व्यक्तिको हालसम्म पहिचान खुल्न सकेको छैन ।

सिसिटिभी रेकर्डमा चोरले करिब एक घन्टा मोटरसाइकल रहेको स्थान निरीक्षण गरेर अर्को मोटरसाइकलको हेलमेट निकाली मोटरसाइकल डोहोर्याउँदै लगेका थिए ।

गेटमा रहेका प्रहरीले त्यसरी मोटरसाइकल लिएर जाँदा पनि कुनै सोधपुछ नगरेको देखिएको छ ।