१ कार्तिक २०८३, आइतबार

कुलेखानी तेस्रो जलविद्युत परियोजना समयमै सक्न मन्त्री थापाको निर्देशन

868
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, ७ असोज । उपप्रधानमन्त्री कमल थापाले कुलेखानी तेस्रो जलविद्युत परियोजना समय सिमा भित्र सक्नको निमित्त सम्बन्धित सबैलाई आ-आफ्नो ठाउँबाट सामुहिक प्रयास गर्न आग्रह गरेका छन् ।

आज भैसेको सानुटारमा रहेको परियोजनास्थलको निरीक्षण गर्दै निर्माण कार्यको ढिलासुस्तिप्रति प्रश्न गरेका थिए । यो परियोजनाको आबश्यकता र महत्त्व धेरै रहेको भन्दै समय सिमा भित्र कार्य सम्पन्नको निमित्त सामुहिक प्रयासमा जोड दिए ।

लोडसेडिङको पिडाबाट सधैको निमित्त मुक्त हुनको लागि यो परियोजना चाडै सम्पन्न हुनुपर्ने उपप्रधानमन्त्री थापाको भनाई थियो । परियोजना सम्पन्न गर्न के के समस्याहरु छन् ,त्यो समाधान गर्न आफ्नो कुनै भुमिका भए आफू तयार रहेको समेत उनले बताए । ३५% नेपाली जनता बिधुत सेवाबाट बन्चित रहेको भन्दै बिजुलीको पहुँच बाहिर रहेका जनतालाई मध्यनजर गरेर कार्य गर्नुपर्ने आबश्यकता समेत उनले औल्याए ।

आजै उपप्रधानमन्त्री थापाले बिधुत प्राधिकरण हेटौंडा क्षेत्रीय कार्यालयमा आयोजित कार्यक्रममा बिधुत चुहावटलाई नियन्त्रण गर्न कर्मचारीहरुलाई निर्देशन दिए । सो अबसरमा उपप्रधानमन्त्री थापाले उर्जा मन्त्रालयका सचिब र बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक सङ्गै कर्मचारीको प्रशंसा गरेका थिए ।

कार्यक्रममा उर्जा मन्त्रालयका सचिब अनुप उपाध्याय र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।