१ कार्तिक २०८३, आइतबार

यूरोपियन लिगमा मेसीको एक सय गोल पूरा

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ४ कात्तिक । स्टार स्ट्राइकर लिओनल मेसीले यूरोपियन च्याम्पियन्स लिगमा आफ्नो १ सय गोल पूरा गरेका छन् ।

बुधबार राति बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा भएको च्याम्पियन्स लिगअन्तर्गत समूह ‘डी’ तर्फको खेलमा उनले ६१ मिनेटमा गोल गर्दै आफ्नो एक सयऔँ गोलको कीर्तिमान रचे ।

१० खेलाडीमा सिमित बार्सिलोनाले ओलम्पियाकोसलाई ३–१ ले पराजित गर्यो । स्टार डिफेन्डर गेरार्ड पिके विपक्षी डिबक्स भित्र हातले गोल हानेको आरोपमा ४२ मिनेटमा दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिन बाध्य भए ।

दोस्रो हाफको पूरै खेल बार्सिलोनाले १० खेलाडीमा सिमित भएर खेल्नु पर्यो ।

बार्सिलोनाले पहिलो गोल १८ मिनेटमा डिमिट्रिस निकोलाउको आत्मघाती गोलबाट उपहार पाएको थियो । दोस्रो हाफमा मेसीले आफ्नो अस्वभाविक खेलले पुनः सबैलाई चकित पारे । उनले फ्रिकिकमार्फत गोल गर्दै विपक्षी टोलीलाई हतोत्साही पारे ।

डिबक्स नजिकैबाट उनले प्रहार गरेको फ्रिकिक ओलम्पियाकोसका गोलकिपरको ग्लोब्समा लागेर गोल भएको थियो । अर्को गोल ६४ मिनेटमा मेसीकै पासमा लुकास डिग्नेले गरे ।

यससँगै बार्सिलोनाले आफ्नो तीन वटै खेल जितेको छ । यही समूहको अर्को खेलमा यूभेन्टसले मारियो मान्डजुकिकको गोलको सहयोगले स्पोर्टिङ लिस्बनलाई २–१ गोलले पराजित गरेको छ । युभेन्ट्स ३ मध्ये २ खेल जितेर ६ अंकका साथ दोस्रो स्थानमा उक्लियो । – एजेन्सी