काठमाडौं, २७ कात्तिक । पार्टीमा फरक मत राख्दै आएका नेकपा-माओबादी सचिब नेत्रबिक्रम चन्दले बोलाएको गोप्य राष्ट्रिय भेला बुधबार शुरु भएको छ ।
कपिलवस्तु जिल्लाको सुदुर पश्चिमस्थित शिवगढी गाविसको जंगलमा दिउसो १ बजे भेला शुरु भएको थियो ।
जिल्लामा बैद्य पक्षको राम्रो प्रभाव भएको शिवगढी ९ बिजगौरी गाउँदेखि १२ किलोमिटर पश्चिम घना जंगलमा कार्यक्रम चलिरहेको स्रोतले जनाएको छ ।
१० बजेदेखि कार्यक्रम गर्ने भनिए पनि बाहिर जिल्लाबाट बोलाइएका नेता, कार्यकर्ता अबेर पुगेकाले ढिलो शुरु भएको थियो ।
बिहीबारसम्म चल्ने कार्यक्रममा सचिब चन्दले आगामी दिनमा आफनो समुह कसरी जाने भन्ने विषयमा निर्णय लिने बताईएको छ ।
उनले आफु निकट र विश्वासपात्र नेता कार्यकर्तालाई मात्र बोलाएका छन् ।
भेलामा करिब ४० नेता सहभागी छन । त्यसमा मगरात र अबध राज्य समितिका बढी छन् । तर कति जिल्लाका प्रतिनिधि सहभागी छन् भन्ने खुल्न सकेको छैन ।
चन्दले २ जिल्लाबाट २ जनालाई सहभागी गराएका छन् । सदरमुकाम तौलिहवाबाट ६० किमी पश्चिम जंगलमा सुरक्षा सर्तकता अपनाउदै भेला गरिएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।
भेलामा पोलिटब्युरो सदस्य खडबहादुर विश्वकर्मा र माओबादी नेतासमेत रहेका नेपाल पत्रकार महासंघका सचिब प्रभात चलाउने सहभागी छन् ।
भेलामा चन्दका दाजु कपिलवस्तु जिल्ला ईज्चार्ज चन्द्रबहादुर चन्द, रुपन्देहीबाट उमा भुजेल र बसन्त श्रेष्ठ, नवलपरासीबाट बाला थापा र ठाकुर चापागाईलगायत छन् ।
त्यस्तै पाल्पा र रोप्लाबाट पनि सहभागी आएका छन् । मंगलबार साझ घर आई पुगेका चन्द बुधबारदेखि भेलामा लागेका छन् ।
भेलामा उनले लेखेको एकीकृत क्रान्तिको कार्यदिशाको दस्ताबेज माथी छलफल हुने बताइएको छ । बाह्य संपर्क हुन नदिन नेता कार्यकताको मोबाईल अफ गरिएको छ ।
बाहिरी मान्छेलाई भेला स्थलसम्म जान दिइएको छैन । भेलामा बाहिरबाट आउनेका लागि शिवगढीको बिजगौरीमा एक घर्तिमगरको घरलाई संपर्क केन्द्र बनाइएको छ ।
त्यहाँ पुगे पछि उनले निक्कै सतर्कता अपनाउदै भेला हुने स्थलको बाटो बताउने गरेको छन् ।
भेला स्थल चिरई खोला पारि जंगलमा रहेको छ । सबैलाई खाने बस्ने ब्यवस्था मिलाउन २० स्वयंसेवक खटिएका छन् ।















प्रतिक्रिया