२८ आश्विन २०८३, बुधबार

नेत्रविक्रम चन्द (विप्लव) लाई खुलापत्र

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sashiशशी पौडेल
प्रिय कमरेड नेत्रबिक्रम चन्द, सर्ब प्रथम आजै बुधबारबाट कार्यकर्ता भेला सुरु गरेकोमा हार्दिक बधाइ र सफलताको कामना । हो, मलाइ पनि थाहा छ क्रान्ति हुनु छ भने क्रान्तिकारी पार्टी हुनैपर्छ ।

क्रान्तिकारी पार्टी बिना, मार्कसवादी लेनिनबादी क्रान्तिकारी सिद्धान्त र क्रान्तिकारी पद्धती अनुसार बनेको पार्टी बिना मजदुरवर्ग र बिशाल जनसमुदायलाइ नेतृत्व गर्न असम्भव हुन्छ । त्यसैले होला तपाइले नयाँ पार्टी गठन गर्नेतर्फ कदम चालेको ।

राजनीतिक पार्टीको अर्को एउटा अकाट्य सिद्धान्त हुन्छ । त्यो हो, राजनीतिक  पार्टीले जनतामाथि विश्वास गर्नुपर्छ र जनतालाइ पाटीमाथि बिश्वास दिलाउन सक्नुपर्छ । यी दुइ राजनीतिक मूलभुत सिद्धान्त हुन् ।

यदि राजनीतिक पार्टीले यी सिद्धान्तमा शंका गर्यो भने त्यो पार्टीले केही गर्न सक्तैन । हो, विप्लव तपाइलाई चारैतिरबाट अवश्य दवाव आउने छ । त्यसै पनि तपाइलाई पार्टी फुटाउने नाम दिइसकेका छन् । तर, तपाइले नेपालको वर्तमान सामाजिक, आर्थिक र राजनैतिक अवस्था मुल्याङ्कन गर्नुपर्दछ ।

सर्वप्रथम नेपालको सामाजिक संरचनालाई हेर्नुपर्छ । राजनीतिले सही ढंगले ट्याकल गर्न नसक्दा हाम्रो समाज दिनप्रति दिन खस्कदो छ । युवा पिढीमा निराशा छाएको छ । माथिल्लो वर्ग मात्र स्कूल विश्वविद्यालय जान सक्षम छ ।

मजदुर वर्ग शिक्षा हासिल गर्नबाट वञ्चित भएका छन् । यसका मुख्य दुई कारण छन्– प्रथम उनीहरुलाई पढ्नुपर्छ र देश सेवामा सहभागी हुनुपर्छ भन्ने प्रेरणा राज्यले दिन सकिरहेको छैन । दोश्रो शिक्षा महंगो भैदिनाले मजदुर वर्गले शिक्षा किन्न सकिरहेका छैनन् ।

जबसम्म ठूलो समुदायमा रहेका मजदुरवर्ग शिक्षित र व्यवस्थित हु“दैनन् तबसम्म सामाजिक संरचनाले स्थायित्व पाउ“दैन । नेपालकोे सामाजिक संरचना भत्किसकेकोे छ । यसलाई जोड्नुपर्छ । यसको  जिम्मेवारी अब तपाइको का“धमा आएको बुझेको छु मैले ।

नेपालको यो अवस्था श्रृजना  हुनुमा नवउदारवादी राजनीति जिम्मेवार देख्छु म । जुन तपाइको पार्टीले यस अघि अंगिकार ग¥यो । त्यसो नगर्नु पथ्र्यो । जसका कारणले जनताले तपाइको पार्टीमाथि  बिश्वास गुमाए । त्यति मात्र होइन  मुलुकको डेमोग्राफी उल्टिइसकेको छ । काम गर्न सक्ने युवाहरु बिदेशिएका छन् । बृद्ध बृद्धाहरु मात्र गाँउमा भेटिन्छन् । जब समाजमा १८ वर्ष देखि ६० वर्ष सम्मका जुन काम गर्न र मुलुकलाइ केही दिन सक्षम छन् त्यो संख्या भन्दा ६० बर्ष माथिका र १८ वर्ष मुनिको संख्या ठूलो भयो भने सरकार त्यसको जिम्मेवार हुनुपर्छ ।

र, उनीहरुलाई पाल्नु पर्छ । तर के ले ? राजनैतिक पार्टी र पार्टीको नेतृत्वमा बस्नेहरु नितान्त आफ्नो र आफ्नो पार्टीको स्वार्थ भन्दा माथि उठेर समग्र देश र जनताको निम्ति प्रतिवद्ध हुनसक्नु पर्दछ । राष्ट्र सेवक हुन सक्नु पर्छ । जसले आगामी निर्वाचनका निम्ति मात्र सोचिरहेको हु“दैन कि ऊ आगामी पुस्ताका लागि चिन्तित रहन्छ ।

हाम्रो मुलुक यस्तो मुलुक हो जहा“ निर्यात गर्ने साधन नगन्य छ । जसले निर्यात भन्दा बढी आयात गर्नु पर्छ । त्यस्तो मुलुकले आफ्नो अर्थतन्त्र कसरी चलाउने ? यसको निम्ति बिशेष नीति चाहिन्छ । नितीनै क्रान्तिकारी पार्टीका समस्थ ब्याबहारिक कार्यबाहीहरुको आरम्भ बिन्दु हो । र त्यस पार्टीका काम र त्यसले गरेको कामको पणिामबाट त्यो पार्टीको निती प्रकट हुन्छ । कुनै पनि काम गर्दा कुनै पनि राजनितीक पार्टीले नीति लागु गरिराखेको हुन्छ ।

यदि त्यसले ठीक नीति लिएर चलेको छैन भने त्यसप्रति जनताले बिश्वास गर्न छोड्नेछन् । त्यसैले राजनितीक नेताहरुले नीति परिवर्तन गर्न चाहदा वा समग्र पार्टीको स्वरुप परिवर्तन गर्न खोज्दा पार्टी सदस्यहरु र जनसमुदायलाइ कुनै खास परिस्थितीमा यस्तो निती किन बनायौं भन्ने प्रश्ट पार्नु आबश्यक हुन्छ ।

यदि तपाइले त्यसो गर्नु भएन भने नेपाली जनता तपाइको पार्टीको निती निर्देशनबाट अलग्गिने छन् । किनभने नीति र कार्यनीति  दुबै राजनीतिक पार्टीको प्राण हो । कार्लमाक्र्सको उदयपछि विश्व जनसमुदाय शोषण र शोषितको परिभाषाबाट परिचित भए । अतिरिक्त पुँजी र मुनाफा गर्ने तरिकाबाट परिचित भए ।

पूँजीवादप्रति बितिष्णा जाग्न थाल्यो । माक्र्सवादी सिद्धान्तको प्रतिपादनसंगसंगै अर्कोतिर युरोपका देशहरुमा औद्योगिक एवं व्यवसायिक क्षेत्रको विकाश हुदै गयो । मजदुर बर्गले आफ्नो यथार्थता बुझ्न थाले । जसको कारण पूँजीवादको मार्गमा काढाँ उम्रन थाल्यो । पूँजीवादभित्र भएका महत्वाकांक्षा, शोषण प्रवृति र अन्य थुप्रै खराबीका कारणबाट माक्र्सवादी द्धन्दात्मक भौतिकवादी सिद्धान्तले प्रेरणा पाउन थाल्यो ।

कार्लमाक्र्सको कम्युनिष्ट पार्टीको घोषणा पत्रको उद्देश्य समाजवादी तरिकाबाट सामाजिक आर्थिक व्यवस्थालाई स्थापित गर्नुथियो । समस्त भौतिक उत्पादनका साधनहरुमा केही मुठ्ठीभर व्यक्तिहरुको स्वामित्व हुनु अनुचित थियो । समाजको अर्थव्यवस्था अथवा उत्पादन, वितरण, विनिमय तथा उपभोग संबन्धी व्यवस्था समाजले गर्नुपर्छ भन्ने मान्यता हो ।

प्रतिस्पर्धात्मक अर्थब्यवस्थाबाट एक व्यक्तिले अर्को व्यक्तिको शोषण गरी सम्पति संचय गर्ने प्रवृत्तिको अन्त हुनुपर्छ भन्ने हो । यस अर्थमा आन्दोलन, क्रान्ति र वर्ग संघर्षको रुप पनि फरक हुनेछ । समाजको मूल्य र मान्यतामा आएको फरकतासंगै समाजको चाहना पनि फरक हुदै गएको छ ।

युद्धको तौर तरिकामा भिन्नता आएको छ । युद्धका निम्ति चाहिने इन्फस्ट्रकचर र हातहतियारमा ठुलो भिन्नता आएको छ । मानब सभ्यताको विकाससंगै भएको प्रविधिको विकासले तपाई एउटा जमिन मुनीको कालो कोठामा बसेपनि तपाइलाई देख्ने र तपाईसम्म चालक बिनाको हतियार पुर्याउन सक्नेक्ष्यमता पूजीँवादले विकास गरी सकेको छ ।
यथार्थ केहो भने मानव जातीको मन चञ्चल हुन्छ र हामी मानवजाती मिलेर बनेको समाज पनि त्यस्तै चञ्चल र परिवर्तनशील छ । मानिस सामाजिक प्राणी हो, त्यसैले समाजको परिवर्तित अबस्था देखेपछि कहिले खुसी हुने र कहिले खिन्न खुने गर्छौं ।

त्यसैले यदि तपाइ यान्त्रिक माओवादी बन्नु भयो र त्यतिबेला  कार्ल माक्र्स, फ्रेडरिक ऐंगेल्स र माओले लेखेका ढड्डा पल्टाउन थाल्नुभयो भने  ती ढड्डाहरुमा माथिको प्रश्नको सपाट उत्तर पाउनुहुने छैन ।

किनभने उनिहरुले आज भन्दा  डेड सताब्दी अघिको विश्व परिस्थितीमा लेखेका दर्शन, तर्क र परिभाषाहरु आजको परिवर्तित अवस्थामा हुबहु लागुहुन सक्तैनन् । त्यस अर्थमा द्धन्दात्मक भौतिकवादी सिद्धान्तलाई हाम्रो मुलुकको परिवर्तित सामाजिक अवस्थालाई आत्मसात गर्दे देश काल र परिस्थिती सुहाउदो गरी लागु गर्नु पर्ने आजको आवश्यकता हो । मुल कुरा परिवर्तित वर्ग, वर्गीय चरित्र र वर्गसंघर्षलाई बुझेर, चिनेर शोषित उत्पीडित वर्गको आवश्यकता तर्फ ध्यान दिदैं समाजलाई शोषणबाट मुक्त गराउने तर्फ लाग्नु पर्ने हुन्छ ।

यसैले मेरो बुझाइमा ब्यक्तिगत र राजनैतिक स्वतन्त्रता बिनाको गास, बास, कपास, स्वास्थ्य र शिक्षाको मात्र सुरक्षा र आर्थिक ग्यारेन्टी सायद अबका दिनहरुमा अकल्पनीय हुने छ र त्यस्तै सामाजिक अनुशासन, कर्तब्य र अधिकारको सुरक्षा र आर्थिक ग्यारेन्टी बिनाको स्वतन्त्रताले समाजलाई गलतबाटो तिर डोर्याउने छ । जो अहिले हाम्रो मुलुकमा भैरहेको छ ।
त्यसैले तपाइले आगामी दिनमा नयाँ पुस्तालाइ आशावादी बनाउनु पर्छ, नयाँ पुस्ताले अब जिम्मेवारी लिनुपर्छ । तब मात्र हामी आशावादी हुनेछौं  र तपाई– हामी एक भएर नेपाललाई परिवर्तन गर्ने बिश्वास जगाउनु सक्ने छौं । अवश्य हो, नयाँ पुस्ताले हर मुलुककोे काँध थापेको हुन्छ ।

तर नीति र योजनाहरु पनि नयाँ आउनु प¥यो । अझै कताकता तपाइभित्रै भ्याकुम देखिएको छ । तपाइमा देखिएको त्यो भ्याकुम भर्नुपर्छ । तपाइलेले विगतका कुराहरु सही ढंगले उठाउन नसकेको होइन र भविष्यका लागि पनि केही प्रतिवद्धता गरेकै हो तर तर ती ब्यबहारिक भन्दा बढी यान्त्रिक थिए ।

तापनि तपाईका कामहरु अझै परिभाषित हुनसकेका छैनन् । त्यसैले तपाईका राजनैतिक, आर्थिक योजनाहरु प्रष्ट र पारदर्शी हुनु प¥यो । तपाइका आवाज र बोलीमा सत्यता हुनुप¥यो । तब मात्र तपाइको पार्टी सा“च्चै परिवर्तन भएछ भन्न पाउने छौं र नया“ पुस्ताले जिम्मा लिएको ठहर हुनेछ । आशा छ, तपाइले यो ऐतिहासिक अवसर चुकाउनु हुने छैनौं र फेरि एक पटक बामपंथी पार्टीलाई सा“च्चै नेपाली जनताको  पार्टी बनाउनु हुने छ । धन्यवाद ।