२९ आश्विन २०८३, बिहिबार

मलेसियासामू नेपालको ११६ रनको लक्ष्य प्रस्तुत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ कात्तिक । एसीसी यू–१९ प्रिमियर क्रिकेटको अघिल्ला दुई खेलमा निक्कै राम्रो प्रस्तुति देखाएको नेपाल मलेसिया सामू भने केही कमजोर देखिएको छ ।  टस जितेर पहिले व्याटिङ थालेको नेपालले मलेसियासामू ११६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

नेपालले ४० ओभरमा ११५ रन जोड्दा सबै विकेट गुमायो । नेपालका लागि कप्तान राजु रिजालले सर्वाधिक ३९ रन बनाए ।

सुनिल धमला १९, प्रेम तामाङ १६ र यागेन्द्र कार्की ११ रनमा आउट भए ।  अन्य व्याट्सम्यानले राम्रो प्रस्तुति देखाउँन नसकेकाले नेपाल कमजोर देखिएको हो ।