१ कार्तिक २०८३, आइतबार

गैर आवासीय नेपालीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीको आग्रह

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा लगानीमैत्री वातावरण बन्दै गएकाले ढुक्क भएर लगानी गर्न गैह्रआवासीय नेपालीलाई आग्रह गर्नुभएको छ ।

गैह्र आवासीय नेपाली संघको आठौँ विश्व सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेपालले लगानीमैत्री वातावरणका लागि विद्यमान ऐन, नियम परिवर्तन गरेकाले बिना हिचकिचाहट लगानीका लागि मुलुकको समृद्धिमा सहयोग पु¥याउन आग्रह गर्नुभएको हो ।

उहाँले आर्थिक विकासको प्रमुख आधार विप्रेषण भएकाले वैदेशिक रोजगारलाई सुरक्षित मर्यादित र व्यवस्थित बनाउन हरसम्भव प्रयास गरिने पनि बताउनुभयो ।

प्रधानमन्त्री देउवाले नेपालको जलविद्युत्, पर्यटन, ऊर्जालगायतका क्षेत्रमा लगानी गर्न सकिने भन्दै गैह्र आवासीय नेपालीको भूमिकाकै कारण संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्मा नेपालले प्रतिनिधित्व गर्न सकेको स्मरण गर्नुभयो ।

उहाँले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनपछि मुलुकले समृद्धिको बाटो लिने अपेक्षा व्यक्त गर्नुभयो ।

संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्व अध्यक्षहरु देवमान हीराचन, जीवा लामिछाने, शेष घले र नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले गैह्र आवासीय नेपालीले नेपालको समृद्धिमा देखाएको हातेमालेको स्मरण गर्दै यसमा सरकारबाट सहजीकरण हुनुपर्नेमा जोड दिनुभयो ।

संघको सो सम्मेलनले भवन भट्टको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको थियो ।