२९ आश्विन २०८३, बिहिबार

क्यालिफोर्निया महिला सम्मेलन सम्पन्न

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

27

विजय थापा
भर्जिनिया ।  नेपाली वुमेन ग्लोबल नेटवर्क (एन डब्लु जी एन) क्यालिफोर्निया शाखाको दोस्रो सम्मेलन नोवेम्बर ८ तारिख सन् फ्रान्सिस्कोमा सम्पन्न भएको छ ।  ‘म झुक्दै नझुक्ने नेपालकी छोरी’ बोलको गीत एकै स्वरमा सामुहिक रुपमा गाउँर्दै सुरु भएको उक्त सम्मेलन भव्यताका साथ सम्पन्न भएको आयोजकले बताएका छन् ।

33

ू ‘शिक्षा मार्फत महिलाको बिकास’ भन्ने मूल उदेश्यको साथ आयोजना गरिएको सम्मेलनमा समाजका सबै वर्गसँग लुकेका बिचार र क्षमतालाई बाहिर ल्याउनुका साथै एक अर्कामा बाड्न मञ्च खुला गरिएको थियो ।

सम्मेलनको अध्यक्षता बिष्णु गुरुङ ‘एकता’ले गर्नुभएको थियो भने मुख्य अथिति एन डब्लु जी एन की अध्यक्ष, रुकमनी कार्की रहनु भएको थियो ।  कार्यक्रमको मुख्य बक्त डा. बिद्या रन्जीत रहनु भएको थियो । उहाँहरुले समम्मेलनको सयुक्त रुपमा  उद्घाटन गर्नुभएको थियो ।
36
कार्यक्रममा स्थानीय अग्रज तथा युवाहरुले सामाजिक क्षेत्रमा महिलाको योगदान र भूमिका, शिक्षाले महिलाको जीवनमा खेल्ने भूमिका, बिबाहमा शिक्षाको भूमिका, शिक्षाको महत्व ,अमेरिकामा सिकेको र भोगेको अनुभवले नेपालमा नारी विकास र शिक्षामा कस्तो भूमिका खेल्न सकिन्छ भन्ने बिचारहरु राखेका थिए ।

सम्मेलनमा संस्थाकी सल्लाहकार शिला थापा तिमसिनाले रोटी बनाउन सक्ने हातहरुले जहाज बनाउन किन सक्दैन भन्ने संदेश दिनुभएको थियो ।  अर्का वक्ता सिड्नी सावबरले महिलालाई शिक्षा भए सबै सशक्तिकरण हुने मन्तब्य दिनुभयो ।  मुख्य बक्ता डा. बिद्या रन्जीतले पनि कार्यक्रममा आफ्ना भनाई राख्नु भएको थियो ।

उक्त अवसरमा साहित्यकार तथा संचारकर्मी ध्रुव थापाको  न त पुर्व न त पश्चिम कविता वाचनले संसारका सम्पूर्ण नारीले आफ्नो अस्तित्व र अधिकारको लागि जागरण हुनु पर्ने संदेश दिएको थियो ।  साहित्यकार हरिहर दाहालको राष्ट्रियता झल्कने तोरी लाहुरे कविताले आफ्नो गाउँघरको सम्झना गराउनुभयो ।  सुनिता सापकोटाले अधिकार खोसेर लिनुपर्ने जागरणमुलक कबिता बाचन गर्नुभयो ।

34

कार्यक्रमकी मुख्य अथिति रुकमिनी कार्कीले सबैलाई संस्थाको तर्फबाट धन्यबाद दिदै एनडब्लुजीएनको गतिबिधिहरुको बारेमा बताउनुभयो ।  कार्यक्रममा सम्मान कार्यक्रम गरिनुको साथै प्रतिभा प्रतियोगिता कार्यक्रमको आयोजना गरिदै समापन गरिएको थियो । नेपाली महिला बिश्व संजाल (एन डब्लु जी एन) को माध्यमले आफ्नो संजाल बढाउँन तथा मिलेर एक अर्कालाई मदत गर्न आफुहरुले यस संस्थालाई पाएकोमा खुशी व्यक्त गर्दै नव नियुक्ति सम्पूर्ण सदस्यहरुले साथै दुईबर्ष कार्यकाल बिताई सकेका सदस्यहरुले यस संस्थामा लागेर धेरै आत् विश्वास बढेको अनुभव बताउदैँ संस्थाकी संस्थापक अध्यक्ष बिष्णु गुरुङ ‘एकता’ लाई धन्यबाद दिएका थिए ।

35

उक्त सम्मेलनले बिष्णु गुरुङ ‘एकता’को अध्यक्षता कार्यकारी समिति समेत चयन गरेको छ । नव निर्वाचित हुनेहरुमा क्रमस अध्यक्ष बिष्णु गुरुङ एकता, उपाध्यक्ष गीता श्रेष्ठ , महासचिब संगीता गुरुङ , सचिब सुनिता थापा ,कोषाध्यक्ष  सुस्मिता  तथा सदस्यहरुमा बिष्णु सुबेदी, गीता डंगोल ,बिन्दु सापकोटा ,सुनिता सापकोटा, लक्ष्मी खरेल ,पार्वती लामा बिष्णु घले, मनोहरा थापा बोगटी, मनु पुन, जीना थुलुङ्ग, अनिता शर्मा, तारा चालिसे, शोभा थापा तथा पुष्पा पोख्रेल आगामी २ वर्षका लागि निर्वाचित भएका छन् ।