न्यूयोर्क । हलिउड अभिनेत्री एन्जेलिना जोली र ग्वीनेथ पाल्त्रोवले हलिउड फिल्म निर्माता हार्वे विनस्टनमाथि आफूहरूलाई यौन उत्पीडन गरेको आरोप लगाएका छन् ।
हलिउड फिल्मी क्षेत्रमा प्रवेश गर्ने समयको सुरूवाततिर आफूहरु यौन उत्पीडिनमा परेको दुवै कलाकारले दाबी गरेका छन् । निर्माता विनस्टनमाथि यसअघि नै हलिउड क्षेत्रका अन्य कलाकारहरूले समेत यौन शोषण गरेको आरोप लगाएका छन् ।
जोली तथा पाल्त्रोवको उक्त आरोपलाई विनस्टनले भने अस्वीकार गर्दै आइरहेका छन् । विनस्टनले द न्युयोर्क टाइम्ससँग कुराकानी गर्दैे आफूमथि लागेको आरोप झुटो भएको बताएका हुन् ।
जोली तथा पाल्त्रोवका पक्षमा महिला अधिकारवादीहरूले आवाज उठाएका छन् । उनीहरूले निर्मातामाथि कारबाहीको माग गरेका छन् ।
अमेरिकी पूर्व राष्ट्रपति बाराका ओबाकी पत्नीले जोली तथा पाल्त्रोवको साहसको कदर गर्नुपर्ने धारणा राखेकी छन् । महिला अधिकारवादीहरूले उनीहरूमाथि भएको यौन शोषणको भर्त्सना गरेका छन् ।
विनस्टनलगायत उनको निर्माता कम्पनीले भने विनस्टनले आफू निर्दाैष भएको पुष्टि गर्न सक्ने बताएका छन् । उक्त कम्पनीले जोलीको उक्त आरोप झुटो बताउँदै आएको छ ।















प्रतिक्रिया