२९ आश्विन २०८३, बिहिबार

जब प्रधानमन्त्री साइकल चढेर पुगे…

896
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेदरल्यान्ड । देशका प्रधानमन्त्री सरकारी कामको शिलशिलामा साइकल चढेर राजदरबार गएको सुन्दा कुनै कथा जस्तै लाग्न सक्छ ।

यो कुनै कथा होइन नेदरल्यान्डमा वास्तविक जीवनमा नै यस्तो भएको छ । नेदरल्यान्डका प्रधानमन्त्री मार्क रूट वास्तविक जीवनमा नै साइकल चढेर त्यहाँका राजालाई भेट्न राजदरबार गएका छन् । उनी आफ्ना राजा विलियम अलेक्जेन्डरलाई भेट्न साइकलमा सवार भएका हुन् ।

राजदरबार पुगेर उनले पार्किङ गरेको साइकलको तस्बिर सामाजिक संञ्जालहरूमा अहिले भाइरल बनेका छन् ।

संयुक्त राष्ट्रसंघका लागि नेदरल्यान्डका प्रतिनिधिले उक्त साइकल सहितको तस्बिर सामाजिक संञ्जाल ट्वीटरमा ट्वीट गरेपछि उक्त तस्बिर भाइरल बनेको हो ।

प्रधानमन्त्री रूट नयाँ सरकार गठनको तयारीबारे सल्लाह गर्नका लागि राजालाई भेट्न राजदरबार गएका थिए ।

यसबारे धारणा दिंदै प्रधानमन्त्री रूटले भने पेट्रोलियमयुक्त सवारी साधनहरूको प्रयोगका कारण वातावरण प्रदुषणको दर बढ्दै गएकोले साइकलको प्रयोग गरेको बताएका छन् । – एजेन्सी