१ कार्तिक २०८३, आइतबार

आर्थिक विकासको मेरुदण्ड साना उद्योग: मन्त्री थापा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० असोज । उद्योगमन्त्री सुनिलबहादुर थापाले आर्थिक विकासको मेरुदण्ड लघु, घरेलु तथा साना उद्योग भएको बताउनुभएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घका प्रतिनिधिसँग उद्योग मन्त्रालयमा आज भएको भेटमा उहाँले लघु, घरेलु तथा साना उद्योगबाट देशको अर्थतन्त्र फस्टाउने हुँदा यसको विकास आवश्यक रहेको बताउनुभयो ।

मन्त्री थापाले “आर्थिक विकासको मेरुदण्ड लघु, घरेलु तथा साना उद्योग नै हो, यसको विकासका लागि मेरो कार्यकाल लाग्नेछ,” भन्दै देशको आर्थिक विकास र समृद्धिमा निजी क्षेत्रको विकल्प नभएको बताउनुभयो ।

निजी क्षेत्रसँग सरकारको समन्वयलाई प्रभावकारी ढंगले अगाडि बढाउने छ, उहाँले भन्नुभयो – “निजी क्षेत्रलाई आइपरेको ऐन कानूनको समस्या समाधानका लागि सरकार लाग्नेछ ।”

महासङ्घका अध्यक्ष श्यामप्रसाद गिरीले स्थानीय स्तरमा उपलब्ध स्रोतसाधनको उपयोग गरी परम्परागत कृषि र विप्रेषणमा आधारित अर्थतन्त्रलाई औद्योगिकीकरणमा उन्मुख गराउन सरकारले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

सरकारले ल्याएको योजनालाई कार्यान्वयन गराउन सके देशको अर्थतन्त्रले ठूलो फड्को मार्ने पनि उहाँले बताउनुभयो ।