३० आश्विन २०८३, शुक्रबार

सार्कका बेला दुई दिन विदा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Simhadarbarकाठमाडौं, २६ कात्तिक । आगामी मंसिर १० र ११ गते नेपालमा हुने दक्षिण एसियाली क्षेत्रिय सहयोग संगठन सार्कका बेला सरकारले राजधानीमा दुई दिन सार्वजनिक बिदा दिने तयारी गरेको  छ।

गृह मन्त्रालयले सार्क सम्मेलनका लागि २ दिन सार्वजनिक विदा दिने निर्णय गरेको र भोलि बिहीबार बस्ने मन्त्रिपरिषदको बैठकले उक्त निर्णय अनुमोदन गर्ने निर्णय गर्ने बताइएको छ।

बिदासम्बन्धी फाइल मंगलबार उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले सदर गरेको उनका प्रेस सल्लाहकार विश्वमणि सुवेदीले जानकारी दिएको समाचार आजको नेपाल समाचार पत्र दैनिकले छापेको छ ।