काठमाडौं, २६ कात्तिक । आफूलाई नेपाल प्रहरीको प्रहरी निरीक्षक भन्दै एक युवतिलाई बिहे गर्ने बाहानामा सुनका गहना ठग्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
रुपन्देहीको आनन्द वन घर भएका शिवलाल भण्डारीलाई प्रहरीले ठगी गरेको अभियोगमा पक्राउ गरेको छ।
बालाजु प्रगति स्कूल नजिकै एकजना मगर थरकी युवतिलाई बिहे गर्ने पक्का भएपछि गहना बनाउने बाहानामा उनले सक्कली सुनको सिक्री आफूले लगेर नक्कली सुनको सिक्री भिडाएको समाचार आजको नेपाल समाचार पत्र दैनिकले छापेको छ ।
सुनको सिक्री लगेर पित्तलको सिक्री र औंठी ल्याएपछि उनमाथि शंका गर्दै परिवारले प्रहरीमा खबर गरेको थियो। बिहेअगाडि नै प्रहरीले भण्डारीलाई पक्राउ गरिसकेको छ।















प्रतिक्रिया