३० आश्विन २०८३, शुक्रबार

रोल्पामा दाहालको गोहीको आँसु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Puspakamal-Dahalकाठमाडौ, २६ कात्तिक । कांग्रेस र एमालेसँग असन्तुष्ट बन्दै अकस्मात जनयुद्धको आधारभूमी रोल्पा भ्रमणमा गएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको ध्यान सिंहदरबारस्थित दलहरुको बैठकमा पनि त्यतिकै थियो ।

संवाद समितिको बैठक चलिरहदा मंगलबार उनले त्यहाँको प्रगति विवरण बुझ्न र आफ्ना धारणा सुनाउन बेला-बेला आफ्नै पार्टीका नेता एवं संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति सभापति बाबुराम भट्टराईसँग टेलिफोन सम्पर्कमै रहे ।

सत्तारुढ दलका नेताले बढीमा ७ प्रदेशमा अडान राखेपछि बिग्रदै गएको सहमतिलाई त्यसै छाडी उनी सोमबार पार्टीका अन्य नेताहरुसहित रोल्पा पुगेका छन् ।

सबै आआफ्नै अडानमा रहने हो भने बैठक बस्नुको अर्थ नहुने भन्दै उपत्यका बाहिर पुगेका दाहालले टेलिफोनबाट भएपनि सार्थक संवाद भए भोलि (बुधवार) नै आइपुग्ने सन्देश बैठकमा पठाएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

‘चिया बसाई मात्र हो भने म आउँदिन,’ अन्य नेतालाई सुनाइदिन आग्रह गर्दै एमाओवादी अध्यक्ष दाहालले भट्टराईलाई भनेका थिए, ‘ठोस र सार्थक वार्तामा बस्ने भएमात्र बोलाउनुहोस् ।’

बैठक चलिरहदा आफ्ना अध्यक्षको टेलिफोन आएपछि भट्टराईले कक्षबाट बाहिर गई कुराकानी गरेका थिए ।

त्यसपछि दाहालको सन्देश भट्टराई आफैले बैठकमा सुनाएका थिए । समितिका केही सदस्यहरुले भने सर्त राखेर मात्र काठमाडौं र्फकन्छु वा फर्किन्न भन्ने तरिका गलत रहेको भनी टिप्पणी गरे ।

‘पहिले त बैठकमा आउनुपर्‍यो । आफू पनि लचिलो भई प्रस्तुत हुनुपर्‍यो,’ कांग्रेस नेता एवं समिति सदस्य अर्जुननरसिंह केसीले भट्टराईले दिएको जवाफ उल्लेख गर्दै भने, ‘यसरी बैठक छाडी जाने तरिका राम्रो भएन । फर्काउनुपर्‍र्यो ।’

संविधान निर्माण वा पार्टीभित्रकै विवादमा असहमति भई तनाव भएमा दाहालले अकस्मात काठमाडौं छाड्ने गरेका छन् ।

करिब एक महिना अघि पनि उनी संवाद समितिको पूर्वनिर्धारित बैठक छाडेर मुस्ताङ्ग भ्रमणमा गएका थिए ।

यसपटक भने कांग्रेस, एमालेबीच साझा धारणा बनेको, आफैले नेतृत्व गरेको राजनीतिक समितिको बैठकमा अन्य दलका शीर्ष नेता अनुपस्थित भएपछि दाहाल रोल्पा भ्रमणमा गएका हुन् ।