काठमाडौं, २९ असोज । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लि.ले आइतबारदेखि औपचारिक रुपमा कारोबार संचालनमा ल्याएको छ ।
आइतबार आयोजित कार्यक्रममा बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाइँले कारोबार सञ्चालनको उदघाटन गरेका हुन् ।
सोही अवसरमा कम्पनीले नेपालमा पहिलो पटक बिषेश किसिमको बीमा योजना ‘रिलायबल धनपति जीवन बीमा योजना’ सार्वजनिक गरेकोछ ।
जस्को माध्यमबाट सानो सानो बचतबाट सजिलै करोडपति बन्न सकिने जनाएको छ । हाल कम्पनीले ४० वटा शाखा संचालनको इजाजत पाई चाडै नै संचालनमा ल्याउने भएको छ ।
एक वर्षभित्र देशका सबै स्थानमा आफ्नो उपस्थिति जनाउने गरी हरेक बर्गका ब्यक्तिहरूको लागि उपयोगी हुने बीमा योजनाहरू बजारमा ल्याएको छ । कम्पनीको कर्पोरेट कार्यालय काठमाडौंको ज्ञानेश्वरमा रहेको छ ।















प्रतिक्रिया