३० आश्विन २०८३, शुक्रबार

मोदीलाई जनकपुर र लुम्बिनीमा नागरिक अभिनन्दन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

modiकाठमाडौ, २६ कात्तिक । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) शिखर सम्मेलनमा सहभागी हुन आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुर र लुम्बिनीमा नागरिक अभिनन्दन गरिने भएको छ ।

उनले दुवै स्थानमा त्यहाँको महत्वबारे प्रवचन दिने गरी अभिनन्दनको तयारी भएको जानकारी आएको परराष्ट्र अधिकारीले बताए ।

रामजानकी मन्दिरमा विवाह पंचमीको अवसरसमेत परेकोले त्यहाँको पुजा आरधनाछि त्यस्तो कार्यक्रम गर्न लागिएको हो ।

लुम्बिनीमा पनि जनकपुरकै जस्तो कार्यक्रम राखिएको ती अधिकारीले बताए । तर दुवै कार्यक्रमबारे दूतावासले अहिलेसम्म लिखित जानकारी भने गराएको छैन ।

यसले सरकारी पक्षको दुविधा बढाएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

भारतीय प्रधानमन्त्री मोदी भारतको पटनाबाट भित्तामोड हुदै गाडीमा महोत्तरीस्थित नेपाली सेनाको शेरगण पर्काउली ब्यारेजमा मंसिर ९ को बिहान आइपुग्ने कार्यक्रम छ ।

उनलाई नेपाली सेनाको क्याम्पबाट सेनाकै हेलिकोप्टरले जनकपुरको १२ विघाको प्राङगणमा पुर्‍याउने छ । १२ बिघाबाट मन्दिर परिसर सात सय मिटर टाढा रहेकाले त्यहाँसम्म उनलाई पुनः गाडीमा नै लगिने छ ।

सरकारले जनकपुरमा मोदीको स्वागतदेखि अन्य ब्यवस्थापनका लागि भौतिक पूर्वाधार तथा यातयात मन्त्री विमलेन्द्र निधीलाई जिम्मेवारी तोकेको छ ।

उनले त्यहाँका स्थानीयसंगको समन्वयमा सबै ब्यवस्थापन गरिरहेको जानकारी प्रधानमन्त्रीलाई मंगलबार दिएका छन् ।

उनले जनताहरुले अभिनन्दन गर्न चाहेकोले कसरी ब्यवस्थापन गर्ने भनेर समेत छलफल गरेका छन् ।

त्यहाँका राजनीतिक दल र स्थानीयहरुको तयारीलाई सुरक्षा निकायको विशिष्ट टोलीले अवलोकन गरेको छ । सुरक्षाको दृष्टिकोणबाट कुनै असहज नहुने जानकारी गृहलाई दिइएको छ ।

मन्दिरमा पुजा गरिसकेपछि र्फकने क्रममा उनलाई १२ विघाको प्राङ्गढमा अभिनन्दन गर्न लागिएको एक अधिकारीले बताए ।

त्यहाँ उनको उपस्थितीमा भारतीय सरकारको सहयोगमा आएका केही साइकलहरु समेत बाड्ने कार्यक्रम रहेको छ । साथै थप सहयोगको घोषणा समेत गर्नेछन् ।

त्यहाँको विकास र जनकपुरको महत्वबारे मोदीले बोल्ने कार्यक्रम छ ।

जनकपुरमा मंसिर आठदेखि रामको जन्ती आउने र बैवाहिक प्रक्रिया अघि बढ्ने हुनाले पनि मोदीले सोही जन्तीमा समेत हुनसक्ने एक अधिकारीले बताए ।

भारतीय जनता पार्टीका एक नेताको नेतृत्वमा यसपटक ठूलो जन्ती ल्याउने तयारी छ ।

यसको सबै सुरक्षा ब्यवस्थाको अनुगमन सरकारले गरिसकेको छ । गाडीमा मोदी आउदा बाटोमा उनी झरेर त्यहाँको समुदायलाई समेत भेट्न सक्ने हुनाले त्यहीअनुरुपको सुरक्षा ब्यवस्था मिलाइएको एक अधिकारीले बताए ।

सुरक्षाको ब्यवस्था निरीक्षण गर्न नेपाली सेनाका बलाधिकृत रथी पवनबहादुर पाण्डेको नेतृत्वमा एक विशेष टोली मंगलबार तिनै क्षेत्रको अध्ययन गरेर फर्केको छ ।

उक्त टोलीले मुक्तिनाथ, लुम्बिनी र जनकपुरको निरीक्षण गरेको हो । भारतीयले खोजेको सम्मानसहित नै सुरक्षा प्रवर्द्धन गर्न सकिने उनीहरुको निश्कर्ष छ ।

लुम्बिनी र मुक्तिनाथमाभन्दा पनि जनकपुरमा मोदीको कार्यक्रम विशेष रहेको टोलीका एक अधिकारीले कान्तिपुरसंग भने ।

मोदी धनुषाबाट काठमाडौ आउनेछन भने उनले सोही दिन काठमाडौंमा रहेको ट्रमा सेन्टरको उद्घाटन समेत गर्नेछन । त्यसपछि उनी राजनीतिक भेटघाटमा सक्रिय हुनेछन ।

उनी १० मा शिखर सम्मेलनमा सहभागी हुनेछन । शिखर सम्मेलनको क्रममा धुलिखेल पनि जाने कार्यक्रम छ । शिखर सम्मेलनपछि उनी मुक्तिनाथ जानेछन ।

हेलिकोप्टरमा मुक्तिनाथ पुगेपछि उनी २० मिनेट हिडेर मन्दिरमा पुग्ने र पुजा अर्चना गर्ने कार्यक्रम छ ।

त्यसपछि भारतीय सहयोगमा निर्माण गर्न लागिएको खानेपानी परियोजनाको शिलान्यास गरेर यस क्षेत्रको विकासमा भारतको सहयोग रहने सन्देश दिने कार्यक्रम छ ।

करिव एकघण्टा मोदी त्यही रहने छन । त्यसपछि उनी लुम्बिनी आउने कार्यक्रम छ । लुम्बिनीको मायावती परिसरमा नै हेलिप्याड तयार गरिएको छ ।

त्यहा उनले मायावतीको मन्दिर परिसर घुम्ने र बोधि बृक्ष लगाउने कार्यक्रम तय छ । यसरी बृक्षारोपणपछि त्यहाको मोनास्टिहरु पनि घुम्नेछन ।

त्यहा उनी लामो समय रहने हुनाले सबै कार्यक्रम अझै स्पष्ट हुन नसकेको एक अधिकारीले बताए ।

तर उनले त्यहा पनि स्थानीय अधिकारी, राजनीतिकर्मी, भिक्षुहरुसामु लुम्बिनीको महत्वबारे धारणा ब्यक्त गर्नेछन ।

उनी काठमाडौं फर्केर दिल्ली प्रस्थान गर्ने वा त्यहीबाट जाने भन्ने अझै टुंगो नभएको पनि ती अधिकारीले जानकारी दिए ।