३ कार्तिक २०८३, मंगलबार

गायक उदितनारायण झाकी पत्नी राप्रपा (प्रजातान्त्रिक)मा प्रवेश

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ असोज । गायक उदितनारायण झाकी जेठी पत्नी रञ्जना झा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)मा प्रवेश गरेकी छिन् ।

रञ्जनालाई राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शम्शेर राणाले पार्टीको सदस्यता दिएका छन् । राप्रपा (प्रजातान्त्रिक)बाट राजनीतिक यात्रा सुरु गरेकी रञ्जना प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा पनि उम्मेदवार बन्न सक्ने प्रवल सम्भावना रहेको स्रोतको भनाइ छ ।

उदित नारायण झाले कान्छी पत्नी दीपानारायण गहतराज झासँग विवाह गरेर मुम्बईमा बसेपछि रञ्जना सप्तरीको भारदहमा बस्दै आएकी थिइन् ।

रञ्जना सप्तरीको भारदहमा बेलाबेला मात्रै बस्ने गर्थिन् । उनी धेरै जसो भारतको बिहारस्थित बलुवामा रहेको माइतीको घरमा बस्दै आएकी थिइन् ।