२९ आश्विन २०८३, बिहिबार

‘चरी’को पाँच करोड हडप्न कम्पनीभित्रै मारमुङग्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dinesh-adhakari-chariकाठमाडौँ, २५ कात्तिक ।  डन दिनेश अधिकारी ‘चरी’ इन्काउन्टरमा मारिएको तीन महिना पुगेपनि घटना चर्चा अझै सेलाएको छैन । तर, चरीका आर्थिक कारोबारबारे अनुसन्धान गर्दा नयाँ –नयाँ तथ्य फेला पर्दै गएको छ ।

अनुसन्धानको क्रममा चरीको करिब पाँच करोड रुपैयाँ बराबरको शेयर एक हाइड्रो पावर कम्पनीमा भेटिएको छ । तर अर्काको नाममा भएकाले उक्त शेयर हडप्नका लागि यतिबेला कम्पनीभित्रै विवाद चुलिएको छ ।

स्रोतका अनुसार धादिङकै आबुखोला हाइड्रोमा चरीको करिब पाँच करोड रुपैयाँ बराबरको शेयर थियो । तर सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा तानिने भएकाले त्यो शेयर उनले आफ्नो नाममा राखेका थिएनन् ।

स्रोतका अनुसार चरीले उक्त शेयर चार्टड एकाउन्टेन्ट विश्वनाथ कँडेलको नाममा राखेका थिए । अहिले चरीको मृत्यु भइसकेपछि उनको शेयर हडप्नका लागि आबुखोला हाइड्रोका सञ्चालकहरूबीच विवाद भएको छ । स्रोतका अनुुसार उक्त शेयरवापत चरीले कँडेलसँग लेनदेनका विभिन्न सम्झौता गरेका थिए ।

उक्त हाइड्रो निर्माणमा स्थानीय गुण्डाहरूले दुःख दिएपछि एमाले नेता राजेन्द्र पाण्डेले हाइड्रोका सञ्चालक र चरीबीच सहमति गराएर सबै गुण्डा पाखा लगाउने जिम्मा लिएका थिए । त्यसैवापत उनले उक्त शेयर लिएको स्रोतको भनाइ छ । महिनामा एक लाखभन्दा धेरै रकम कम्पनीबाट चरीले बुझ्ने गरेका थिए ।

चरीको मृत्युपछि चार्टड एकाउन्टेण्ड कँडेलले नै उक्त शेयर हात पार्ने दाउमा लागेका छन् । त्यसमा एमाले नेता पाण्डेले पनि चासो देखाइरहेको स्रोत बताउँछ । गत साउन २३ गते चरीको भिमढुंगामा प्रहरीसगको मुठभेडमा मृत्यु भएको थियो ।

चरी हत्याकाण्डमा बद्नाम भएपछि गुमनाम भएर बेलायत भासिएकी मोडल खुश्वु ओली त्यहाँ पनि टिक्न नसकेपछि नेपाल फर्किने भएकी छिन् । आफ्नो प्रेमका कारण चरीलाई प्रहरीले हत्या गरेको आरोप लगाउँदै आएकोमा प्रहरीले उनीमाथि छानबिन थालेपछि बेलायत भासिएकी थिइन् ।

भदौको पहिलो साता उता भागेकोमा उनी यही साता नेपाल फर्कने तयारीमा रहेको स्रोत बताउँछ । पैसाको अभाव र राम्रो जागिर पाउन नसकेपछि उनी फर्कन लागेकी हुन् । पीएचडी गर्न भन्दै उनी बेलायतमा बसेकी थिइन् ।