३० आश्विन २०८३, शुक्रबार

छोराको काजकिरिया नसकिँदै आमाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ कात्तिक । छोराको काजकिरिया नसकिँदै शतिस्वाँराकी एक आमाको ज्यान गएको छ।

तनहुँको शतिस्वाँरा– ५ बाँकेपसल निवासी ४५ वर्षका याकुबदिन मियाँको बिहीबार हृदयाघातका कारण ज्यान गएको थियो। उनको चोखिने दिनमै आमा ६४ वर्षिया जनिफा मियाँको पनि निधन भएको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

सोमबार याकुबदिनको चोख्याउने कर्मको तयारी चल्दै गर्दा जानिफाको निधन भएको स्थानीय बाबुराम खनालले बताए।

दुबैको मृत्युको कारण हृदयाघात भएको बताइएको छ। एउटा सदस्य बितेको पाँच दिन नपुग्दै अर्की सदस्यको समेत ज्यान गएपछि शतिस्वाँराबासी स्तब्ध भएको राष्ट्रिय मुस्लिम आयोगका सदस्य हाजी रफिक मियाँले बताए।

परिवारलाई सम्हाल्नै गाह्रो परेको उनले बताए। गाउँबासी पनि शोकमा डुबेको उनले बताए ।