काठमाडौं । ‘सृजनाको मुल्यांकन श्रष्टाको सम्मान ! नेपाली संगीतको प्रबर्द्धन हाम्रो अभियान !!’ भन्ने उद्देश्यले हिमालयन अन्तर्राष्ट्रिय म्युजिक अवार्ड २०१७ हुने भएको छ ।
रातोपुलस्थित रक हाउस क्याफेमा बुधबार आयोजित पत्रकार भेटघाटमा जानकारी गराइएको हो । हिमालयन इन्टरटेनमेन्ट ग्रुपको अध्यक्ष सुवास पाख्रिनको सभाध्यक्षमा सम्पन्न भेटघाटमा अतिथिहरु चलचित्र विकास बोर्डका सदस्य एवं बरिष्ठ अभिनेता उत्तम केसी, नेपाल सांगीतिक संघका अध्यक्ष मिलन मोक्तान, बरिष्ठ पत्रकार सानुकाजी श्रेष्ठ, लोकदोहोरी प्रतिष्ठान वागमतीका सल्लाहकार गायिका इन्दिरा गोले, गायक सुवास मोक्तान, नृत्य प्रशिक्षक बुद्ध लामा, गायिकाद्वय सरला राई र मीना राई लगायतले अवार्ड आयोजना भएकोमा शुभकामना व्यक्त गरे ।
अवार्ड बिशेष कार्यक्रम मंसिर अन्तिममा नेपालको छनौट पश्चात् मलेसियामा डिसेम्बरको अन्तिममा गरिने कार्यक्रम निर्देशक सविन घिसिङले जानकारी गराए ।
२०७२ सालदेखि २०७४ असोज मसान्तसम्मको सार्वजनिक भएका गीत संगीत बुझाउनुपर्नेछ । हिमालयन अन्तरास्ट्रिय नेपाली म्युजिक अवार्ड २०१७ विभिन्न १८ विधामा प्रदान गरिनेछ ।
आयोजकले अ अफ्नो विधामा उत्कृष्टता हुँदै मलेसियामा गई अवार्ड तथा विविध पुरस्कारहरुबाट सम्मानित हुने सु(अवसरको सदुपयोग गर्न समेत पत्रकार सम्मेलनमा आयोजकले बताए ।
प्रतिस्पर्धाका बिधाहरुः
१.बर्ष सर्वाेत्कृष्ठ नेपाली आधुनिक गीत गायन पुरुष
२.बर्ष सर्वाेत्कृष्ठ नेपाली आधुनिक गीत गायन महिला
३.बर्ष सर्वाेत्कृष्ठ नेपाली लोकगीत गायन पुरुष
४.बर्ष सर्वाेत्कृष्ठ नेपाली लोकगीत गायन महिला
५.बर्ष सर्वाेत्कृष्ठ “ लोकगीत गायन नवप्रबेसी पुरुष
६.बर्ष सर्वाेत्कृष्ठ “ लोकगीत गायन नवप्रबेसी महिला
७.बर्ष सर्वाेत्कृष्ठ नेपाली पपगीत गायन पुरुष
८.बर्ष सर्वाेत्कृष्ठ नेपाली पपगीत गायन महिला
९.बर्ष सर्वाेत्कृष्ठ नेपाली संगीतकार पुरुषरमहिला
१०.बर्ष सर्वाेत्कृष्ठ नेपाली तामाङसेलोगीत गायन पुरुष
११.बर्ष सर्वाेत्कृष्ठ “ तामाङ सेलो गीत गायन महिला
ज्ञ२.बर्ष सर्वाेत्कृष्ठ “ तामाङ म्हेन्दोमायागीत गायन पुरुष
ज्ञ३.बर्ष सर्वाेत्कृष्ठ “ तामाङ म्हेन्दोमायागीतगायन महिला
ज्ञ४.बर्ष सर्वाेत्कृष्ठ अभिनेता “ म्युजिक भिडियो पुरुष
ज्ञ५.बर्ष सर्वाेत्कृष्ठ अभिनेत्री “ म्युजिक भिडियो महिला
१६.“ “ अभिनेता “ तामाङ म्युजिक भिडियो पुरुष
१७.“ “ अभिनेत्री “ तामाङ म्युजिक भिडियो महिला
१८. बर्ष सर्वाेत्कृष्ठ नेपाली गीत रचना महिला र पुरुष















प्रतिक्रिया