११ मंसिर २०८३, शुक्रबार

एमालेनिकट प्रगतिशील इन्जिनियर्स एशोसियशनद्वारा ११ उम्मेदवार सिफारिस

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ असोज । नेकपा एमालेनिकट इन्जिनियरहरुको संस्था पेशागत तथा प्रगतिशील इन्जिनियर्स एशोसियशन नेपालले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीमा उम्मेदवार सिफारिस गरेको छ ।

एशोसियशनको बुधबार बसेको केन्द्रीय समिति बैठकले ११ जना उम्मेदवार सिफारिस गरी पार्टीलाई बुझाएको हो । सिफारिस सूचीमा प्रतक्ष र समानुपातिक गरी विभिन्न प्रदेशका अगुवा इन्जिनियर नेताहरु परेका छन् ।

सिफारिसमा परेका डा. दिनेश देवकोटा बुद्धिजिवी परिषदको अध्यक्ष तथा पूर्व योजना आयोगका उपाध्यक्ष हुन् । त्यस्तै, एशोसियशनका अध्यक्ष डा सुमित्रा अमात्य योजना आयोगका पूर्व सदस्य एवं फोहोर मैला ब्यवस्थापनको पूर्व कार्यकारी अधिकृत हुन् ।

त्यस्तै, गजेन्द्र थपलिया पूर्व प्रधानमन्त्री केपी ओलीका विकास मामिलाका प्रमुख सल्लाहकार तथा एमाले युवा नेता हुन । सिफारिसमा परेका सञ्जिव रोकाहा युवा संघका नेता साथै विभिन्न शैक्षिक अभियानका अभियन्ता हुन् । कृष्ण सापकोटा युवा व्यवसाही एवं स्काफका महासचिव हुन् । यी नामहरुका साथै पुराना अग्रज इन्जिनियर हरुलाई समेत सिफारिस गरिएको छ ।