३ कार्तिक २०८३, मंगलबार

जुडवा २ ले नौ दिनमा कमायो एक सय करोड

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । वरुण धवनको दोहोरो भूमिका रहेको फिल्म ‘जुडवा २’ले प्रदर्शनको नवौं दिनमा सय करोड कमाएको छ ।

फिल्मले शनिबारको दिन ५ करोड कमाइ गरेसँगै फिल्मले कुल कमाइ १ सय चार करोड पुगाएको हो । ‘जुडवा २’ सय करोड क्लबमा पुग्ने बरुण धवनको तेस्रो फिल्म हो ।

यसअघि यही साल प्रदर्शनमा आएको धवनको फिल्म ‘बद्रीनाथ कि दुल्हनिया’ र अघिल्लो साल प्रदर्शनमा आएको ‘एबिसिडी २’ ले सय करोड कमाएका थिए ।

शुक्रबार सैफअलि खान अभिनित ‘सेफ’ रिलिज भए पनि ‘जुडवा २’लाई यसले खासै असर गर्न सकेन । फिल्मले शुक्रबार ४ करोड र शनिबार ५ करोड कमाउँदै कमाइमा कीर्तिमानी आँकडा छोएको हो ।

बक्स अफिस इन्डिया डटकमले ‘जुडवा २’ धवनको करियरको सर्वाधिक कमाइ गर्ने फिल्मको रूपमा स्थापित हुने आंकलन गरेको छ । धवन अभिनित सय करोड क्लबमा छिरेका फिल्ममध्ये यसअघि ‘एबिसिडी २’ ले १ सय ७ करोड र ‘बद्रिनाथ कि दुल्हनिया’ले १ सय १६ करोड कमाइ गरेका थिए । दिपावलीमा आमिर खानको फिल्म ‘सेक्रेट सुपरस्टार’ रिलिज नहुँदासम्म पनि ‘जुडवा २’ले दर्शक पाइरहने आंकलन गरिएको छ ।

‘जुडवा २’ २० वर्षअघि सलमान खान अभिनित फिल्म ‘जुडवा’को रिमेक हो । फिल्मलाई पहिलो शृंखलाका निर्देशक डेविड धवनले निर्देशन गरेका हुन् भने फिल्म बरुण धवनसँगै ज्याकलिन फर्नान्डिज र तापसी पन्नु मुख्य भूमिकामा रहेका छन् । फिल्ममा सलमान खानको पनि केमियो रहेको छ । – एजेन्सी