काठमाडौं, २५ असोज २५ । तीन जना सांसद रहेको नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा (माओवादी केन्द्र) बिलय हुने भएको छ ।
बुधबार दिउँसो १ बजे बुद्धनगर पार्टी प्यालेस पत्रकार सम्मेलन गरी नेकपा (संयुक्त)ले पार्टी गाभिएको जानकारी दिने तयारी भएको स्रोतले जनाएको छ । नेकपा (संयुक्त)का अध्यक्ष गणेश साह हुन् ।
एमालेसँग वामपन्थी गठबन्धन गरेका प्रचण्डले निर्वाचनपछि एमालेसँग पार्टी एकीकरण गर्ने बताउँदै आएका छन् ।
तर, उनले साना वामपन्थी दलहरूलाई आफ्नो पार्टीमा गाभेर एमालेसँगको एकीकरणलाई ओझेलमा पार्न खोजेको आरोप पनि छ ।











प्रतिक्रिया