११ मंसिर २०८३, शुक्रबार

एमालेबाट विजयी दोगडाकेदार—४ का वडाध्यक्षको मृत्यु

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडी, २५ असोज । बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका–४ का वडाध्यक्ष मानबहादुरको विष्टको मंगलबार मृत्यु भएको छ ।

वडाध्यक्ष विष्टलाई शुक्रबार एक्कासि ज्वरो र उपचारका क्रममा भारतको बरेलीमा रहेको एक अस्पतालमा मंगलबार मृत्यु भएको दोगडाकेदार गाउँपालिका–४ का वडासचिव प्रयागराज पन्तले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘शुक्रबार गाउँपालिकाको बैठकमै एक्कासि ज्वरो आएको थियो ।’

विष्टलाई योभन्दा अगाडि कुनै ठूलो रोग नरहेको र एक्कासि बिरामी भएर मृत्यु भएको हुँदा कुन रोगले मृत्यु भयो भन्ने जानकारी नआएको उहाँले बताउनुभयो ।

दोगडाकेदार गाउँ कार्यपालिकाका प्रवक्तासमेत रहनुभएका ५२ वर्षीय विष्टका श्रीमती र दुई छोरा रहेका छन् ।

विष्ट नेकपा (एमाले)बाट उम्मेदवार बनेर वडाध्यक्षमा विजयी हुनुभएको थियो । – रासस