२९ आश्विन २०८३, बिहिबार

अमेरिका पुगेका नेपाली युवा भन्छन–नेपालमा सुन फलाउन सकिन्छ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

amrica–6–youth

विजय थापा

भर्जिनिया ।  अमेरिकाको राजधानी वाशिंगटन डिसीस्थित राज्य बिभागले अमेरिकाको ओक्लाहोमा बिश्व बिद्यालयमा आयोजना गरेको पाँच हप्ते व्यवसायिक आदान–प्रदान कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएका नेपालका ६ युवा उद्यमी स्वदेश फेर्केका छन् ।

नेपाल फर्कने क्रममा ६ उद्यमीहरुलाई डिसीस्थित डलस अन्तर्राष्ट्रिय विमानस्थलमा  कुराकानी गर्दै युवा उद्यमी राजिवधर जोशीले भने–‘नेपालमा सुन त्यतिकै फल्दैन फलाउनुपर्छ ।’ उनले अमेरिकामा बस्ने नेपालीहरुले देशको चिन्ता र माया गरेको आफुले पाएको समेत बताए ।

उनले आफ्नो उदेश्य पुरा भएपछि नेपाल फर्कन सबै युवालाई आग्रह गरे ।

अर्का उद्यमी मनिस झाले नेपाल सुनौलो युगमा प्रवेश गरिसकेको बताए ।  ‘अमेरिकामा हामीले नेपालमा प्रयोग गरिसकेका कुराहरु नयाँ हुँदो रहेछ,’ उनले अनुभव सुनाए ।

अर्का उद्यमी डा. बिशाल ढकालले कामलाई सम्मान दिन सिक्नुपर्छ भन्दै कार्यक्रममा नेपाली उद्यमीले राखेको अवधारणा सफल भएको उल्लेख गरे ।

६ उद्यमी मध्येका सहभागी महेश महतोले व्यवसायिक आदान–प्रदानमा नेपालीलाई मौका दिएकोमा अमेरिकन सरकारलाई धन्यवाद दिए ।

अर्की युवा उद्यमी जुना माथेमाले  आफु विज्ञापन तथा अनुसन्धान क्षेत्रमा संलग्न भएको भन्दै नेपाल र अमे्िरकामा काम गर्ने शैली उस्तै प्रकारको भएको बताइन् ।

अर्की महिला युवा उद्यमी इशिता लोहियाले नेपालमा रहेको राजनीतिक अस्थिरताले विकासमा अवरोध गरेको बताइन ।

उक्त कार्यक्रममा विश्वका २५ राष्ट्रबाट २०५ जना सहभागी भएका थिए ।

नेपालका युवा उद्यमीसँग वाशिंगटन डिसीस्थित वाशिंगटन नेपाल फोरमले एक अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरेको फोरमका विवेक पाण्डेले जानकारी दिए ।