अमेरिका । अमेरिकामा गायक रवि बज्राचार्यको तिता मिठा सम्झनाले बोलको गीतको भिडियो सार्बजनिक भएको छ ।
आखिर टाढा भैहाल्यौ, पछि लाग्नु ब्यर्थै भयो, र पैसा बिना बोलको गीतबाट चर्चित बनेका गाएक बज्राचार्यको गीत “तिता मिठा सम्झनाले”को म्युजिक भिडियो सार्बजनिक भएको हो ।
सान फ्रान्सिस्कोमा रहेको नेपाली, प्रोडक्सन कम्पनि एस बाबु प्रोडक्सनले निर्माण उक्त भिडियो निर्माण गरेका हुन् ।
बिनोद बस्नेतको शब्द रहेको यस गीतमा संगीत पनि बज्राचार्यकै रहेको छ । गायकले यो गीत लाई उन्को एल्बम इम्पल्स अफ लभमा समाबेश गरेका छन् ।
दीपेश भण्डारी र सदीक्षा पोख्रेलको अभिनय रहेको उक्त भिडियोको छायांकन एबं सम्पादन अनुप गिरीले गरेका हुन् । निर्देशन भने एस बाबु सन्दिपले गरेका छन् ।
भिडियोको सबैजसो छायांकन अमेरिकाको सन् फ्रान्सिस्को मै गरिएको छ ।















प्रतिक्रिया