११ मंसिर २०८३, शुक्रबार

ट्रेड युनियनले गरे संघीय निजामति सेवा ऐनको विरोध, नसच्याए कडा आन्दोलन गर्ने चेतावनी

11.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ असोज । सरकारले ल्याएको संघीय निजामति सेवा ऐनमा आफ्नो अधिकार कटौति गरिएको भन्दै प्रमुख दलका कर्मचारी संगठनहरुले विरोध जनाएका छन् ।

मंगलबार नेपाल निजामति कर्मचारी संगठन, नेपाल निजामति कर्मचारी युनियन (संघ), नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति, नेपाल मधेसी निजामति कर्मचारी मञ्चले सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतलाई ज्ञापन बुझाउँदै ट्रेड युनियनको अधिकार कटौती हुनेगरी आएको ऐन आम निजामति कर्मचारीलाई मान्य नहुने स्पष्ट पारेका छन् ।

ज्ञापनपत्रमा भनिएको छ– संघीय निजामति सेवा ऐन मस्यौदा तयार पार्दा मस्यौदाको दफा १२० मा प्रस्ताव गरिएको निजामति कर्मचारी युनियनसम्बन्धी व्यवस्थाको हामी राष्ट्रीय स्तरका ट्रेड युनियनसँग छलफल नगरी अगाडि बढाइएकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । ट्रेड युनियनको अधिकार कटौती हुनेगरी आएको ऐन आम निजामति कर्मचारीलाई मान्य छैन् ।

संगठनहरुले निजामति सेवा ऐन २०४९ को दफा ५३ अनुसार साविकमा नै रहेको राष्ट्रिय स्तरका ट्रेड युनियनको गठन र सञ्चालन तथा आधिकारिक ट्रेड युनियनको गठन र अधिकारजस्ता विषयलाई कायमै राखी विधेयक ल्याउन माग गरेका छन् ।

यदि विधेयक नसच्चिए कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । ‘हाम्रा मागलाई वेवास्था गरिए ट्रेड युनियनको हक र अधिकारलाई स्थापित गर्न बाध्य भई आन्दोलनमा जानुपर्ने हुन्छ,’ माओवादी निकट नेपाल राष्ट्रिय कर्मचारी संगठनका उपाध्यक्ष अम्बादत्त भट्टले भने ।

यस्तो छ विज्ञप्तिः