काठमाडौं, २४ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निर्वाचन कमाण्डर तोकिएका छन् ।
सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा आज बसेको स्थायी कमिटी बैठकले आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको नेतृत्व गर्ने जिम्मेवारी अध्यक्ष ओलीलाई दिएको केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । ‘चुनाव परिचालनको संयोजन पनि अध्यक्षज्युले नै गर्ने निर्णय भएको छ,’ उनले भने ।
कार्यकर्ता पंक्तिबाट अध्यक्ष ओलीलाई आगामी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा जानुपर्ने दवाव आइरहेको बेला स्थायी समितिले ओलीलाई नै चुनावी कमाण्डर तोकेको बताइएको छ ।
एमालेको यो निर्णयसँगै अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्री घोषणा गर्नुपर्ने कार्यकर्ताको माग सम्बोधन भएको छ ।












प्रतिक्रिया