११ मंसिर २०८३, शुक्रबार

भीम रावलको चेतावनी- सरकार पुनर्गठन र चुनाव सार्ने कदम स्वीकार्य हुनेछैन्

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, २४ असोज (रासस) । नेकपा (एमाले)का उपाध्यक्ष भीमबहादुर रावलले चुनावको मुखमा सरकार पुनर्गठन गरी चुनाव सार्ने काम भएमा आफूहरुलाई मान्य नहुने बताउनुभएको छ ।

एमाले प्रदेश नं ७ को निर्णय सार्वजनिक गर्न आज यहाँ आयोजित पत्रकार सम्मेलनमा एमाले ७ नं प्रदेशका सयोजक समेत रावलले वाम एकताको आलोचना गर्नुभन्दा अन्य दलसँग गठबन्धन बनाएर अगाडि बढ्न काँग्रेसलगायत दललाई सल्लाह दिनुभयो ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रावलको नाम कैलाली क्षेत्र नं २ र अछाम क्षेत्र नं १ बाट सर्वसम्मत सिफारिस भएको छ ।

बैठकले ७ नं प्रदेशबाट प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारको नामावली पनि केन्द्रमा सिफारिस गरेको छ ।