सिरहा, २४ असोज । सिरहा जिल्लामा एमालेका स्थानीय नेताको घाँटी रेटेर हत्या भएको छ ।
कर्जन्हा नगरपालिका–१० प्रयोगपुरका ३८ वर्षीय शशिभूषण साहको हत्या भएको हो । घरमा सुतिरहेको अवस्थामा साहको घाँटी रेटेर अज्ञात समूहले हत्या गरेको सिरहाका प्रहरी प्रमुख तथा एसपी शेखर कोइरालाले बताए ।
दुई तल्ले घरको भुईतल्लामा साह र माथिल्लो कोठामा घरका अन्य सदस्य सुतेका थिए । साह स्थानीय तहको निर्वाचनमा कर्जन्हा नपा–१० मा एमालेको तर्फबाट वडा सदस्यमा पराजित बनेका थिए ।
साहको सोमबार राति हत्या भएको स्थानीय एमाले नेता जगदीश महतोले जानकारी दिए ।
प्रहरी प्रमुख कोइरालाका अनुसार अज्ञात समूहले धारिलो हतियार प्रहार गरी घाँटी रेटेर साहको हत्या गरेका हुन् । हत्या कसले र किन गर्यो भन्ने विषयमा केही खुल्न सकेका छैन् ।











प्रतिक्रिया