११ मंसिर २०८३, शुक्रबार

एमालेको स्थायी समिति बस्दै, यस्ता छन् बैठकका एजेण्डा

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ असोज । प्रमुख विपक्षी दल नेकपा (एमाले)ले मुलुकको पछिल्लो राजनीतिक अवस्था र निर्वाचनको तयारीका विषयमा छलफल गर्न स्थायी समितिको बैठक बोलाएको छ ।

सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा अहिले केही समयपछि सुरु हुने बैठकमा सरकारले निर्वाचनको मिति सार्न लागेको विषयमा छलफल हुनेछ ।

बैठकमा माओवादी केन्द्रसँगको चुनावी तालमेल, ६०–४० को भागबण्डा, घोषणा पत्र तयारी, संयुक्त कार्यदलको प्रतिवेदनलगायतका विषयमा छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।