काठमाडौं । हाडजोर्नी खिइने समस्याबाट धेरै मानिस पीडित छन् । यस्तो समस्या बालबच्चा, युवापुस्ता, वयस्क, वृद्धलगायत सबैमा हुने गरेको छ ।
हाडजोर्नी खिइने समस्याबाट पीडित बिरामीको संख्यामा निकै वृद्धि भएको छ । मानिसको हाडजोर्नी खिइने विभिन्न कारण छन् ।
केही कुरामा सजगता अपनाउन सक्ने हो भने यो समस्याबाट बच्न पनि सकिन्छ ।
उमेर बढ्दै गएपछि मानिसको जोर्नी खिइन्छ । अर्को कारण महिलाहरूमा महिनावारी रोकिएपछि जोर्नी खिइन्छ ।
महिनावारी रोकिएपछि इस्टोजोन हर्मन कम हुँदै जान्छ । त्यसपछि भिटामिन सी र ई कम हुँदै जान्छ र हड्डी खिइन्छ ।
चोटपटक लागेर, पोस्चर नमिलेर जोर्नी खिइन्छ । ४० वर्षपछिको उमेर भनेको हड्डी कमजोर हुँदै जाने उमेर हो । यो अवस्थामा हड्डी बिस्तारै खिइँदै जान्छ ।
जोर्नीको काम मुभमेन्ट गर्नु हो । हड्डी खिइएपछि मुभमेन्ट गर्न गाह्रो हुन्छ । हड्डी खिइएपछि शरीरलाई लोड पर्छ र दैनिक काम गर्दा असहज हुन्छ ।
धेरै समय निरन्तर एकै ठाउँमा बसेर काम गर्दा, शरीर धेरै मुभमेन्ट हुँदा हड्डी खिइन्छ ।
जोर्नी खिइने समस्या हुनेले माछा, सुन्तलाको जुस, अन्डाको पहेँलो भाग खाँदा केही कम हुन सक्छ ।
क्याल्सियम र भिटामिन लिनुपर्छ । क्याल्सियम र भिटामिनले हड्डी दह्रो बनाउन सहयोग गर्छ । बिहानको घाममा बस्यो भने पनि हाडजार्नी खिइने समस्या हुनेलाई सजिलो हुन्छ ।















प्रतिक्रिया