११ मंसिर २०८३, शुक्रबार

यी हुन विवेकशील साझाका उम्मेदवारः प्रकाशमानसँग भिड्दै रवीन्द्र, गगनलाई युवा नेतृको चुनौति

882
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ असोज । वैकल्पिक राजनीतिक शक्तिको रुपमा हेरिएको विवेकशील साझा पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट गरेको छ ।

प्रवक्ता रमेश पौड्यालका अनुसार पार्टीका संयोजकद्धय रवीन्द्र मिश्र र उज्वल थापालाई क्रमशः काठमाडौंको क्षेत्र नम्बर १ र काठमाडौं क्षेत्र नम्बर ५ बाट संघीय प्रतिनिधिसभा सदस्यको लागी प्रत्यक्ष उम्मेदवार छनोट गरिएको हो ।

क्षेत्र नम्बर एक कांग्रेस नेता प्रकाशमान सिंहले जित्दै आएको क्षेत्र हो । यहाँ रवीन्द्रले उनलाई चुनौति दिने भएका छन् । ५ नम्बर क्षेत्र भने कांग्रेस नेता नरहरि आचार्य र एमाले महासचिव ईश्वर पोखरेलको निर्वाचन लड्ने ठाउँ हो ।

यस्तै, क्षेत्र नम्बर ४ मा कांग्रेका युवा नेता गगन थापालाई विवेकशील साझाकी युवा नेतृले नै टक्कर दिने भएकी छन् । क्षेत्र नम्बर ४ गगन थापा जित्दै आएका छन् । यसपटक विवेकशीलबाट २६ वर्षीय सुबुना बस्नेतले क्षेत्र नम्बर ४ मा गगनलाई टक्कर दिने भएकी हुन् ।

त्यसैगरी काठमाडौंको क्षेत्र नम्बर ८ र ९ बाट पार्टीको केन्द्रीय समितिका सदस्य पुकार बम तथा मिलन पाण्डेलाई टिकट दिइएको प्रवक्ता पौड्याले जानकारी दिए ।

त्यस्तै, विगत २० वर्षदेखि पत्रकारिता क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय महिला पत्रकारिता संजालको कार्यसमिति सदस्य अनुपा श्रेष्ठलाई काठमाडौं क्षेत्र नम्बर ७ बाट उम्मेदवार बनाइएको छ । अन्य उमेदवारहरु पनि क्रमशः घोषणा गर्दै जाने विवेकशील साझा पार्टीले जनाएको छ ।