११ मंसिर २०८३, शुक्रबार

बानेश्वर घटनापछि राजधानीमा सुरक्षा व्यवस्था कडा, जताततै प्रहरी चेकिङ

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ असोज । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको बानेश्वरमा दिनदहाडै गोली हानी हत्या गरेपछि प्रहरीले राजधानीमा सुरक्षा व्यवस्था कडा पारेको छ ।

अहिले प्रहरीले मोटरसाइकल, स्कूटर र गाडीको डिकी र ब्यागसमेत खोलेर चेक गरिरहेका छन् । महानगरीय प्रहरी कार्यालयका प्रमुख एआईजी जयबहादुर चन्दका अनुसार उपत्यकामा नाकाबन्दी गरी हत्याराको खोजी भइरहेको छ ।