काठमाडौं, २३ असोज । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको नयाँ बानेश्वरस्थित शान्तिनगरको ॐ शान्ति चोकनजिकै गोली हानी हत्या भएको छ ।
महानगरीय प्रहरी वृत नयाँ बानेश्वरका अनुसार मोटरसाइकलमा आएका दुईजनाले गौचनमाथि दुई राउण्ड गोली हानेको र दुवै गोली उनको पेटमा लागेको छ । गोली लागेलगत्तै उपचारका लागि सिभिल अस्पताल लगिएकोमा चिकित्सकले गौचनलाई मृत घोषित गरेका थिए ।
गौचनमाथि गोली प्रहार गर्ने सुटरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया