काठमाडौँ, २२ असोज । महानगरीय ट्राफिक प्रहरी महाशाखाले धेरै धुवाँ फाल्ने पुराना बसलाई कडा कारवाही गर्ने भएको छ ।
रामशाहपथस्थित महाशाखाको कार्यालयमा ट्राफिक प्रहरी, प्याब्सन, एनप्याब्सन, हिसान र अभिभावक संघका अध्यक्ष तथा पदाधिकारीको बैठकमा उपत्यका ट्राफिक प्रहरी प्रमुख डीआईजी सर्वेन्द्र खनालले धुवाँ फाल्ने विद्यालय तथा कलेजका पुराना बसलाई कडा कारवाही गर्ने आफ्नो निर्णय सुुनाएका हुन् ।
‘महाशाखाले विद्यालयका बसमा क्षमताभन्दा धेरै विद्यार्थी ओसार्ने वा धेरै धुवाँ फाल्ने पुराना बसलाई कडा कारबाही गर्छ,’ बैठकमा सर्वेन्द्रले भने– ‘साथै अब सबै स्कुलको बस एउटै रंङ्गको हुनुपर्ने र चालकले अनिवार्य पोशाक लगाउनुपर्छ ।’
विद्यालयका बस चालकले विद्यार्थीसँगै अरू यात्रु पनि बोक्ने गरेको जनगुनासो आएकाले त्यसो गरिएको पाइएपनि कारवाही हुने डीआईजी खनालको भनाई छ ।
यस्तै, बैठकमा विद्यार्थीलाई बिहान ९ बजेभन्दा पहिले नै विद्यालय पु¥याइसक्नुपर्ने लगायतको विषयमा समेत छलफल भएको छ । हाल काठमाडौँ उपत्यकामा विद्यालय तथा कलेजका एक हजारभन्दा बढी बस सञ्चालनमा छन् ।











प्रतिक्रिया