११ मंसिर २०८३, शुक्रबार

राप्रपाको आकस्मिक बैठक बस्दै, यस्ता छन् बैठकका एजेण्डा

742
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

काठमाडौं, २३ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय कार्यसम्पादन समिति र पदाधिकारीहरूको संयुक्त बैठक बोलाएको छ ।

अहिले केही समयपछि पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल हुनेछ ।

निर्वाचन मिति नजिकिदै गर्दा राप्रपाका अध्यक्ष कमल थापाले आकस्मिक रुपमा बैठक बोलाएका हुन् ।

राप्रपाका सहायक प्रवक्ता मोहन श्रेष्ठका अनुसार निर्वाचनको तयारी, लोकतान्त्रिक गठबन्धनसँगको सहकार्य र समग्र राजनीतिक विषयमा छलफल हुनेछ ।

वामपन्थीहरू एक ठाउँमा जम्मा भएपछि कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनसंग सहकार्य गर्ने मुडमा रहेको राप्रपाले समग्र विषयमा आफ्नो धारणा सावर्जनिक गर्नेछ ।