बझाङ, २३ असोज । बझाङ जिल्लाको धार्मिक तथा ऐतिहासिक सिलदेवी मेलामा आयोजना गरिएको प्रदेशस्तरीय भलिबल प्रतियोगितामा कञ्चनपुर टिम बिजयी भएको छ ।
प्रदेश स्तरीय ६ टिमबीच प्रतिष्पर्धा भएको भलिबल प्रतियोगितामा कञ्चनपुर प्रथम, बझाङ दोस्रो भएको भलिबल संघ बझाङका अध्यक्ष शिक्षाप्रेमी जोशीले बताए ।
महिला खुला भलिबल प्रतियोगितामा बझाङ जिल्लाका ८ वटा टिम खेलमैदानमा उत्रेका थिए । महिला भलिबल प्रतियोगितामा तेस्रो आँखा टिम पहिलो र बझाङ सार्वजनिक यातायात टिम दोस्रो भएको छ ।
असोज १९ गते पूर्णिमाको दिनदेखि संञ्चालन भएको सिलदेवी मेलामा आयोजना गरिएको प्रदेश स्तरीय भलिबल प्रतियोगितामा कञ्चनपुर टिम बिजयी भएको हो ।
प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगितामा प्रथम हुनेलाई १ लाख १ हजार तथा दोस्रो हुनेलाई ७५ हजार पुरस्कारको व्यवस्था गरिएको थियो ।
महिला भलिबल प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार र दोस्रो हुनेलाई १५ हजार पुरस्कार व्यवस्था गरिएको छ ।
















प्रतिक्रिया