त्रिलोचन कोइराला
युएई । नेपाली कला सस्कृति सामाजिक तथा मानविय सेवामा सक्रिय पथरी युवा समाज युएइको सस्थापक तिलचन भारतीलाई एक बिशेष कर्यक्रमका बीच बिदाइ समान गरेको छ ।
नोवेम्बेर ७ तारिक दुबईको जाबेल एक बिदाइ कार्यक्रमको आयोजना गरि भारतीलाई बिदाइ गरिएको हो । भारती सन् २००१ देखि युएइमा कार्यरत रहेका थिए सन् २००६ मा पथरी युवा समाज युएइको स्थापनामा महत्वपूर्ण योगदान गरेका भारतीले समाजमा विभिन्न समयमा पदमा बहाल रही आफ्नो जिम्मेवारी निभाउँदै आएका थिए। वर्तमान समितिमा भारती पथरी समाज अबुधाबी क्षेत्रीय समितिको कोषाध्यक्ष रहेका छन ।

बिदाइ कार्यक्रममा भारतीलाई पथरीको कला संस्कृति, रिति रिवाजलाई देश(परदेशसम्म प्रचार–प्रसार सामाजिक तथा मानबिय गर्न समाजको कार्यक्रमलाइ महत्वपूर्ण जिम्मेवारी बहन गर्दै समाजको बिकास प्रबनधनमा उल्लेखिन काम गरेको भन्दै ससम्मान बिदाइ गरिएको अबुधाबी क्षेत्रीय समितिका अध्यक्ष बम राइले बताए ।

समाजका केन्दीय अध्यक्ष कृष्ण पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न बिदाइ कार्यक्रममा बक्ताहरुले भारतीलाइ नेपाल गाएर पनि पथरी समाजको नेपालको सम्पर्क समितिमा रहेर काम गर्दै सामाजिक तथा मानबिय सेवामा क्रियासिल हुन गर्ने अनरोध गरेका छन । अबुधाबी समितिका अध्यक्ष बम राइको सभापतित्योमा सम्पन्न कार्यक्रममा भारतीले युएई बसाइमा भएका राम्रा कार्यहरु स्मरण गर्ने तथा समाजको उन्नतिको लागि सधै काम गर्ने बताए ।














प्रतिक्रिया