काठमाडौं । दशैंको पूर्वसन्ध्यामा प्रदर्शनमा आएको बहुप्रतिक्षित फिल्म ‘छक्का पञ्जा २’ ले अहिलेसम्म १० करोडको व्यापार गरेको छ ।
फिल्म वितरकका असोज ११ गते फुलपातिका दिन प्रदर्शन भएको ‘छक्का पञ्जा २’ले ११औं दिनमा १० करोडको ग्रस कलेक्सन गरेको हो ।
यसअघि गत वर्ष प्रदर्शनमा आएको ‘छक्का पञ्जा’ ले १७ करोड रुपैयाँको व्यापार गर्दै नेपाली सिने क्षेत्रको व्यापारमा रेकर्ड बनाएको थियो । यो अहिलेसम्मकै सर्वाधिक व्यापार हो । ‘छक्का पञ्जा २’ले यसलाई अझै तोड्न सकेको छैन् ।
दीपाश्री निरौलाको निर्देशन, दीपकराज गिरी र प्रियका कार्की, स्वस्तिमा खड्का, वर्षा राउत, केदार घिमिरे ‘माग्ने बुढा’, स्वरुप पुरुष ढकालको मुख्य भुमिका रहेको फिल्मले स्टुडेन्स भिसामा विदेश जाने र उतै सेटल हुने विकृतिलाई देखाउन खोजेको छ ।
देशभर प्रदर्शन भइरहेको ‘छक्का पञ्जा २’ हेर्न अझै सिनेमा घरमा दर्शकको घुइँचो लागेको छ ।
















प्रतिक्रिया