११ मंसिर २०८३, शुक्रबार

माओवादी प्रवेश गर्न लागेका हुन् मन्त्री देव ? के भन्छन् यसबारे ?

3.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ असोज । संस्कृति, पर्यटन तथा उड्डयनमन्त्री एवम् नेपाल लोकतान्त्रिक फोरम पार्टीका नेता जितेन्द्र देवले आफू कुनै पनि दलमा प्रवेश गर्ने योजना नबनाएको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग आइतबार बिहान कुरा गर्दै मन्त्री देवले माओवादी केन्द्रमा प्रवेश गर्ने समाचार हल्ला मात्रै रहेको बताए । उनले माओवादी केन्द्र एमालेसँग मिल्ने चरणमा रहेकाले त्यस पार्टीमा प्रवेश गर्नुको कुनै अर्थ नरहने बताए ।

‘फोरम लोकतान्त्रिकभित्र सामान्य विवाद हुनु स्वभाविक हो’, उनले भने, ‘विवाद भयो भन्दैमा पार्टी त्याग्ने कुरा आउँदैन ।’ मन्त्री देवले एमालेमा प्रवेश गर्ने भन्ने कुरा पनि हल्ला मात्रै रहेको बताए ।

उनले पार्टी अध्यक्ष विजय गच्छदारसँग मतभेद रहेको स्वीकार गरे । चुनावी तालमेलका विषयमा कांग्रेससहितको लोकतान्त्रिक गठबन्धन बनाएर जाने समेत देवले उल्लेख गरे ।