युएई । युएईमा संकलित सिन्धुपाल्चोक बाढी पहिरो पिडित राहत कोषको करिब रु नौ लाख रकम पीडितलाई हस्तान्तरण गर्ने निर्यण भएको छ ।
सुर्य चन्द काठमाडौँ र एनआरएन युएईको आव्हानमा सिन्धुपाल्चोक सेवा समितिको संयोजकत्वमा गठित सिन्धुपाल्चोक बाढी पहिरो पीडित राहत कोष को उक्त रकम हस्तान्तरण गर्ने निर्यण विभिन्न चरणको छलफलपछि गरिएको छ।
युएईमा रहेका सम्पूर्ण नेपालीद्वारा संकलित उक्त रकम सिन्धुपाल्चोक जिल्लाको जुरेमागएको विनाशकारी पहिरोको स्थलगत भ्रमण तथा पहिरो र वाढी पीडितहरुसँगको छलफलपछि वनसाँघु माध्यमिक बिध्यालयमा अध्यनरत पीडित विद्यार्थीलाई राहत हुने गरि रु तीन लाखको छात्रावृति अक्षयकोषको स्थापना गर्ने निर्णय भएको छ ।
त्यस्तै ६ लाख वाढी–पहिरो पीडितलाई पहिचान गरि प्रत्यक्षरुपमा दिने निर्णय भएको हो । पीडित संघका संयोजक सरेश नेपाल, एनआर एनएनसीसी युएईका महासचिव तथा सिन्धुपाल्चोक बाढी पहिरो पीडित राहत कोष युएईका सह–संयोजक गोपाल कंडेल, एनआरएनएनसीसी युएईका अधक्ष्य कृष्ण भुसाल, गोर्खा सेवा समाज युएईका अध्यक्ष भिम श्रेष्ठ, नेपाली एकता समाज युएईका अध्यक्ष कृष्ण केसी, सिन्धुपाल्चोक सेवा समिति युएई का सचिव मनोज नेपाल, समाजसेवी तथा सीएनएनई न्युजका सुर्य चन्द, सिन्धुपाल्चोक सेवा समिति नेपालका अध्यक्ष रबिन्द्र श्रेष्ठको उपस्थितिमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।













प्रतिक्रिया