२९ आश्विन २०८३, बिहिबार

चाइसानको विछोडले पारस दार्शनिक बनेपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Paras-shahकाठमाडौँ, २४ कात्तिक  ।  ‘कि पछि लाग कि अघि बढ। केही मानिस नेतृत्व गर्नको लागि जन्मिन्छन् र केही पछि लाग्न जमिन्छन्।

यो कुरा मनन गर्ने वित्तिकै जीवनले राम्रोतिर मोड लिन्छ। तथ्यहरू सधै तथ्य नै हुन्छन्। कसैलाई मन पर्दैन भन्दैमा तथ्य परिवर्तन गर्न सकिन्न।’ यी माथि उल्लेख गरिएका शव्द थाइल्याण्डमा रहेका पूर्व युवराज पारस शाहले फेसबुक स्टाटसमा लेखेका हुन् ।

अंग्रेजीमा लेखेका यी शब्द उनले किन र कसका लागि लेखेका हुन भनेर धेरै दिमाग घुमाउँनु पर्ने देखिँदैन । यी शब्द कसप्रति लक्षित हुन भनेर सजिलो बनाउँनका लागि पारसले उनकी प्रेमिका कन्निका चाइसानले उनको फेसबुकमा राखेको कभर फोटोलाई पनि सँगै शेयर गरेका छन् ।
चाइसानको संगतले गँजडी बनेका पारस पछिल्लो समय उनकै योजनामा थाइल्याण्डमा गाँजा सहित पक्राउ परेका थिए ।

उनका आफन्त र परिवारको अथक प्रयासपछि धरौटीमा केही हप्ता अघि छुटेका पारस ले जेलबाट छुटे लगत्तै आफ्नो फेसबुकमार्फत चाइसानले नै धोका दिएर फसाएको संकेत गरेका थिए । चाइसानको संगतपछि अहिले पारस गाँजाको अम्वली होइन सामाजिक सञ्जालको अम्वली बन्न थालेका छन् ।

उनको पछिल्लो गतिविधिले सुधारको संकेत देखाएको छ । ‘केही मानिस नेतृत्व गर्नको लागि जन्मिन्छन् र केही पछि लाग्न जमिन्छन्। यो कुरा मनन गर्ने वित्तिकै जीवनले राम्रोतिर मोड लिन्छ’ उनको यो भनाई साच्चिकै दार्शनिक छ ।

उनले यो दर्शन विभिन्न खालका हण्डरपछि आत्मा ज्ञानबाट प्राप्त गरेका हुन अथवा  चाइसानले लगाएको घाउ निको नहुन्जेल मात्र उनका यो चेतको विकास भएको हो ।  यो हेर्न भने केही प्रतिक्षा गर्नै पर्ने भएको छ ।